रुपन्देहीको भैरहवामा निशुल्क आंखा शिबिर सम्पन्न

उर्मिला यादव यात्री , २४६  पटक हेरिएको

भैरहवा, चैत २४

सिद्धार्थनगर नगरपालिका वडा नम्बर सातको आयोजना तथा लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आंखा अस्पताल भैरहवाको सहयोगमा आज भैरहवामा निशुल्क आंखा शिबिर सम्पन्न भएको छ । आंखा शिविरमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर सात भित्रका २ सय ३३ जनाको आंखा परीक्षण गरीएको छ । आखा परीक्षण गरिएको २ सय ३३ जना मध्ये ३५ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ । मोतियाबिन्दुको समस्या देखिएको ब्यक्तिको निशुल्क अप्रेसन हुने सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडासदस्य अभिशेक रावलले जानकारी दिनु भएको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष दामोदर शर्मा घिमिरेको अध्यक्षता तथा नेपाल नेत्र ज्योति संघ लुम्बिनी प्रदेशका सभापति सागर प्रताप राणाको प्रमुख आतिथ्यतामा निशुल्क आखा शिविर सम्पन्न भएको हो ।


प्रकाशित मिति: २०२३-०४-०७ , समय : २२:२६:२६ , १ वर्ष अगाडि