चितवन-२ मा रवि लामिछाने निर्वाचित

रुपन्देही खबर , १६९  पटक हेरिएको

भरतपुर , बैशाख १२

चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने भारी मतान्तरले विजयी हुनु भएको छ । लामिछाने ५४ हजार १७६ मतसहित विजयी हुनु भएको हो ।

उहाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार २१४ मत ल्याउनु भएको छ भने नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याउनु भएको छ । । त्यहाँ कुल ७८ हजार २७७ मत खसेको थियो । यसअघि मंसिर ४ मा भएको निर्वाचनमा यो क्षेत्रबाट लामिछाने नै निर्वाचित हुनु भएको थियो । त्यतिबेला उहाले ४९ हजार ३ सय मत पाउनु भएको थियो ।

प्रकाशित मिति: २०२३-०४-२५ , समय : १४:५०:४९ , १ वर्ष अगाडि