रुपन्देही खबर , २६९ पटक हेरिएको
भैरहवा, बैशाख १४
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो ।
शेरचनले आज अपरान्ह ४ बजेसम्म समयसीमा दिएर बहुमतका आधारमा सरकार गठनका लागि आह्वान गर्नु भएको थियो । सोहीअनुसार चौधरीले ५३ जना प्रदेशसभा सदस्यको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी गर्नु भएको थियो ।
चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३ र ३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक र एक जना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन रहेको छ ।
प्रकाशित मिति: २०२३-०४-२७ , समय : २१:३२:३७ , २ वर्ष अगाडि