आजदेखि भैरहवामा चैतन्य जागरण २४ कुण्डीय गायत्री महायज्ञ २०८० सुरु

रुपन्देही खबर , ७७२  पटक हेरिएको

भैरहवा , बैशाख १४

गायत्री परिवार भैरहवा रुपन्देहीको आयोजनामा आज देखि भैरहवामा चैतन्य जागरण २४ कुण्डीय गायत्री महायज्ञ २०८० सुरु भएको छ । आज बिहान ८ बजेदेखि पवनमंगल कलश पुजन गरी २५१ कलशयात्राले नगरपरिक्रमा गर्नुका साथै बिशाल झांकीसहित कार्यक्रमको सुरुवात गरि कलश पुजन गरीएको छ ।

बिहान ८ बजेदेखि निकालिएको बिशाल झांकी सहित मंगल कलश यात्रा भैरहवा परिक्रमा गर्दै महेन्द्र सभा गृह अगाडी भैरहेको २४ कुण्डीय गायत्री महायज्ञमा गएर कलश यात्रा सकिएको थियो भने महायज्ञमा गायत्रीमन्त्रको साथमा कलश पुजन गरीएको थियो ।


यस्तै गरी आज साझ सात बजेबाट राति ९ बजेसम्म संगीत प्रवचन गरीएको थियो भने भोलि दोस्रो दिन बिहान ६ बजेदेखि सात तीस बजेसम्म साुमहिक ध्यान, जप , प्रज्ञा, योग ब्यायाम समेत हुने गायत्री परिवार भैरहवा रुपन्देहीका सचिव श्रीराम गुप्ताले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२३-०४-२७ , समय : २३:३७:०५ , ३ वर्ष अगाडि