नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम पश्चिम् नवलपरासीको सुनवलमा सम्पन्न

रुपन्देही खबर , २९४  पटक हेरिएको

सुनवल, जेठ ११

सुनवल सामुदायिक सिकाई केन्द्रको आयोजनामा सुनवल नगरपालिकामा स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
सुनवल सिकाई केन्द्रका अध्यक्ष उमानाथ पोखरेलको अध्यक्षतामा सुनवल नगरपालिकाका नगर प्रमुख उप प्रमुख वडाअध्यक्ष र सदस्य हरुलाई एक कार्यक्रमका बिच बधाई तथा शुभकामना व्यक्त गरिएको हो ।

सुनवल सिकाई केन्द्रका अध्यक्ष उमानाथ पोखरेलले सिकाई केन्द्र कुनै गैर सरकारी र क्लब नभै नेपाल सरकारकै निकाय भएको बताउनु भयो ।

उहाले सुनवललाई साक्षरता गराउन, बालमैत्री बनाउन , उधमशिलता लगायतका विभिन्न क्षेत्रमा काम गर्दै आएको अध्यक्ष पोखरेलले बताउनु भयो । निबर्तमान जनप्रतिनिधिहरुले सिकाई केन्द्रको महत्व बुझ्न् नसकेको भन्दै नब निर्वाचित जनप्रतिनिधिलाई सिकाई केन्द्रको महत्व बुझ्न् पोखरेलले आग्रह गर्नु भयो ।

नबनिर्वाचित नगरप्रमुख बिमला अर्यालले सुनवल सिकाई केन्द्र सुनवलको गहना भएको भन्दै सिकाई केन्द्रले गरेका सबै काम प्रसंशनिय रहेको बताउनु भयो । नगरपालिकाले आगामी दिनमा केन्द्रको बिकासको लागि आवश्यक बजेट बिनियोजन गर्ने समेत उद्घोष गर्नु भयो ।

बधाई तथा शुभकामना कार्यक्रममा साबिक सुनवल आदर्श गाबिसका अध्यक्ष थान प्रसाद गैरे , जिल्ला सहकारी संघका अध्यक्ष बिष्णु पौडेल, महाकबी देबकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछाने , सुनवल नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष तथा साबिक रामनगर गाबिसका अध्यक्ष कृष्ण प्रसाद बगाले लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

केन्द्रका उपाध्यक्ष सन्जय श्रेष्ठको स्वागत मन्तब्य रहेको कार्यक्रममा केन्द्रकी सचीव लिला पङगेनीले कार्यक्रम संचालन गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२२-०५-२५ , समय : ०७:३४:३८ , २ वर्ष अगाडि