सिम्रिक एयरको हेलिकोप्टर सङ्खुवासभामा दुर्घटना

रुपन्देही खबर , १६०  पटक हेरिएको

काठमाडौं, बैशाख २२

सिम्रिक एयरको हेलिकोप्टर सङ्खुवासभामा दुर्घटना भएको छ । सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार भोटखोला गाउँपालिका सिप्रुङमा सिम्रिक एयरको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो । दुर्घटनामा हेलिकप्टरका पाइलट सुरेन्द्र पौडेल घाइते भएका छन् ।

उनले भने, ‘सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको स्थानीयले जानकारी गराएका छन् । विस्तृत जानकारी आउन बाँकी छ । उद्धारका लागि गृह मन्त्रालयबाट हेलिकोप्टर मगाएका छौँ ।’

माथिल्लो अरुण जलविद्युत् परियोजनाको सामग्री ढुवानी गरेर गएको हेलिकोप्टर दुर्घटनामा परेको हो । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाले भोटखोला–४ सिप्रुङको जिजिङ्खामा हेलिकप्टर दुर्घटनामा परेको जानकारी दिए ।

प्रकाशित मिति: २०२३-०५-०५ , समय : १४:४९:३६ , १ वर्ष अगाडि