पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाका नगर प्रमुख र उपप्रमुख निर्वाचित भएसंगै किसानको खेतमा

प्रकाश न्यौपाने , ३३५  पटक हेरिएको

नवलपरासी, जेठ ११

पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाका नगर प्रमुख र उपप्रमुख निर्वाचित भएसंगै किसानको खेतमै पुगेका छन । नगरका नवनिर्वाचित मेयर शम्भुलाल श्रेष्ठ र उपमेयर रुद्र प्रकाश उपाध्याय सहित प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्य सहितको टोली किसानको खेतमा पुगेका हुन ।

बर्दघाट नगरपालिकामा वडा नं.१४ का विभिन्न कृर्षि पेशामा संलग्न कृषकको आवस्यकता पहिचान गर्न कृषिको खेतमा पुगेको मेयर शम्भुलाल श्रेष्ठले बताउनु भयो । खेत तथा गोठमै पुग्दा किसानका पिडा बुझ्न सकिने र उनीहरुका आवश्यकता पहिचान गरी नगरले बजेट विनियोजन गर्दा वितरण मुखी भन्दा पनि उत्पादनमुखी बनाई कृषकलाई थप कृर्षि पेशामा संलग्न गराई नगरलाई आत्मनिर्भर बनाउने योजना रहेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ ।

त्यस्तै कृषकका बालिलाई नगरले समन्वय गरी कृषकलाई निरन्तर कृर्षि पेशामै संलग्न गराउदै बजारको जिम्मा नगरले लिने योजना बनाउन लागेको बताउदै कृषकको खेतमै बसेर बेच्ने बातावरण तयार गरी बिक्न नसकेका कृर्षि जन्य पदार्थलाई दिर्घकालसम्म राख्न कच्चा पदार्थलाई बजारीकरणका लागि अत्यावश्यक उपकरण उपलब्ध गराउदै कृषकलाई कृर्षि पेशामै रमाउने बनाउन आफुहरु लाग्ने नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बताउनु भएको छ ।

कृषि पेशामा संलग्न कृषकका यति बेला भण्डारण गरि राखिएका फर्सिले उचित मुल्य नपाउदाँ कुहिने भएको हुदाँ यसलाई चाडै नै व्यवस्थापनका लागि पहल गर्ने जानकारी बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेधनाथ पाध्याले दिनु भएको छ । टोलिले तरकारी खेती, मौरी फार्म, गाईफार्म, भैसी र्फाम लगायतको अनुगमन तथा निरिक्षण गरेको थियो ।

प्रकाशित मिति: २०२२-०५-२५ , समय : २०:३५:०५ , २ वर्ष अगाडि