मातृ तथा नवजात शिशु मृत्यूदरलाई कम गर्न सरावल गाउँपालिकाद्वारा अभिमुखिकरण

रुपन्देही खबर , २७२  पटक हेरिएको

नवलपरासी, जेठ ११

मातृ तथा नवजात शिशु मृत्यूदरलाई कम गर्न र मातृ तथा बाल स्वास्थ्य अभिवृद्धि गर्नका लागि सरावल गाउँपालिकाले अभिमुखिकरण कार्यक्रम गरेको छ ।

स्वास्थ्य शाखाको आयोजनामा सुनवलमा २ दिने अभिमुखिकरण आजदेखि शुरु गरिएको हो। सरावल गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ओम नारायण देवकोटाको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष सुखाडिप्रसाद चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले अझै पनि समुदायमा ज्ञानको कमिले मातृ तथा नवजात शिशुहरुको मृत्यू भइरहेको बताउनु भयो ।

उहाँले आमा र शिशूको स्वास्थ्य अभिवृद्धि गर्न कार्यक्रमको उद्देश्य रहेको बताउनु भयो । गाउँपालिका अन्तर्गत स्वास्थ्य क्षेत्रमा कार्यरत नर्सिङ्ग, कर्मचारी, स्वास्थ्यकर्मिहरुलाई लक्षित गरी कार्यक्रको आयोजना गरिएको हो ।

कार्यक्रममा सरावल गाउँपालिकाका उपाध्यक्ष बासमति हरिजन , प्रमुख प्रशाशकीय अधिकृत दुर्गा पौडेल, डा. अनिस गुप्ता लगाएतले बोल्नु भएको थियो । आमा र बच्चाको स्वास्थ्य शुरक्षाको लागि गर्भावस्थामा प्रसवपूर्व हेरचाह र जन्मपछि बच्चाको हेरचाहका बारेमा स्वास्थ्य कार्यलयका कल्पना पौडेल र पृथ्वी चन्द्र अस्पतालको नर्स सिता कार्कीले सहजिकारण गर्नु भएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०५-२५ , समय : ०७:५०:४२ , १२ महिना अगाडि