पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

rupandehi khabar , ८४  पटक हेरिएको

पाल्पा, जेठ २१

पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप रैनादेवीछहरा गाउँपालिका–८ सत्यवतीमा आइतबार साँझ ५ बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनामा तीन जनाको मृत्यु भएको र १२ जना घाइते भएको वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । घाइतेलाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि बुटवलतर्फ पठाइएको वडाध्यक्ष रानाले बताए । घटनास्थलमा इलाका प्रहरी कार्यालय मुझुङ, प्रहरी चौकी बल्ढेङ्गढी र इलाका प्रहरी सालझण्डीबाट प्रहरी जवान उद्धारमा खटिएका छन् । यो समाचार तयार पार्दासम्म मृतकको पहिचान हुन सकेको छैन । दुर्घटनासम्बन्धी अहिले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०६-०४ , समय : २१:२३:५२ , १२ महिना अगाडि