नवलपरासीको भुमहीमा २ दिने खोजमूलक पत्रकारीता तालिम शुरु

रुपन्देही खबर , १८६  पटक हेरिएको

नवलपरासी, जेठ २८

पश्चिम नवलपरासीमा २ दिने खोजमूलक पत्रकारीता तालिम शनिबार देखि शुरु भएको छ । शेयर काष्ट इनिशियटिभ नेपालको आयोजना र नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी तथा बर्दघाट नगरपालिकाको समन्वयमा स्थानिय सरकारसँग रिपोटिङ्ग र खोजी पत्रकारिता तालिम भुमहिमा शुरुभएको हो । तालिममा जिल्लाका २६ जना पत्रकारहरुको सहभागितामा रहेको छ।

पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्माको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले स्थानिय तहको विकासको लागि पत्रकारहरुको अहम भुमिका रहेको बताउदै नगरले पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि कार्यक्रम तय गरेको जानकारी दिनु भयो ।

यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, शेयर काष्ट इनिशियटिभ नेपालका निर्देशक भूमिराज चापागाईं, महासंघका सहसचिव श्याम बुचा मगर लगायतले पत्रकारहरुको सीप विकास सम्बन्धी चर्चा गर्नु भएको थियो ।

२ दिने खोजमुलक पत्रकारीता तालिमको सहजिकरण महासंघका पूर्व अध्यक्ष झा एवं शेयर काष्ट इनिशियटिभ नेपालका निर्देशक चापागाईंले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०६-११ , समय : ०७:४८:२९ , ४ महिना अगाडि