रुपन्देहीको मर्चवारी गाउपालिकामा बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

ज्ञानेश्वर उपाध्याय , ५६१  पटक हेरिएको

मर्चवार, जेठ १३

रुपन्देही युवा समूह क्षेत्रीय समिती मर्चवारले मर्चवारी गाउपालिकाका नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्षलाई प्रंशसापत्र, खादा टीका सहित आज बधाई तथा शुभकामना अदानप्रदान गरेको छ ।

रुपन्देही युवा समुह मर्चवारका अध्यक्ष सुग्रीम यादव तथा बरिस्ठ उपाध्यक्ष ज्ञानेश्वर उपाध्यायको नेतृत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा मर्चवारी गाउपालिका अध्यक्ष गया प्रसाद बरई तथा उपाध्यक्ष आशा सिंहलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष बरइले आफ्नो पहिलो प्राथमिकता मर्चवारमा छानो मुक्त घर निर्माण अभियान अगाडि लैजानुका साथै मर्चवारमा आगलागि सम्बन्धि धेरै समस्या भएकोले दमकल खरिद गर्ने निर्णय गर्नु भएको छ ।

यस्तै गरि उहाले युवाहरुको लागि सम्पुर्ण लक्षित वर्गको लागि आउने कार्यक्रमलाई मिलान गरि १/२ वटा लामो समयावधि सम्म संचालन हुने कार्यक्रम संचालन गर्ने समेत बताउनु भएको छ ।

युवाको लागि पम्पीसेट मर्मत ,मोबाइल मर्मत ,आयमुलक तथा सिपमुलक तालिम संचालन गरि उनिहरुको सिप बिकासमा आफुले पहल गर्ने जोड दिनु भयो । यस्तै गरि उहाले नवजात बालिकाहरुको लागि कन्या बिमा,कृषि तथा खानेपानी लगायतको क्षेत्रमा दिनरात नभनी खटेर काम गर्ने समेत बताउनु भयो ।

उक्त कार्यक्रममा मर्चवारी गाउपालिका वडा नं ५ का नवनिर्वाचित वडा अध्यक्ष कृष्णा सिंहलाई पनि खादा टीका सहित सम्मानित गरिएको थियो भने कार्यक्रमको सहजीकरण रुपन्देही युवा समुह मर्चवारका छोटु जयसवालले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२२-०५-२७ , समय : २३:५६:११ , २ वर्ष अगाडि