सिनपा वडा नम्बर ५ मा उदघोषण तथा भाषण कला प्रशिक्षण सुरु

rupandehi khabar , ४२६  पटक हेरिएको

भैरहवा, जेठ २८

महिला सशक्तिकरणका लागि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले भैरहवामा उदघोषण तथा भाषण कला प्रशिक्षण सुरु गरेको छ । आइतबार देखि सुरु भएको उदघोषण तथा भाषण कला प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले कला सिके अगाडि बढ्न सकिने बताउनु भएको छ । उहाले पिछडिएको महिलालाई अगाडि बढाउन यस्ता तालिमले सहयोग गर्ने जोड दिनु भयो । अधिकृत पौड्यालले यो जीवनउपयोगी कार्यक्रम भएको बताउदै यसको सही सदुपयोग गर्न आग्रह गर्नु भएको छ । उहाले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा एक वर्षमा राम्रा कामहरु भएको र पाँच वर्षमा वडा कार्यालयले सबैलाई समेटेर अगाडी बढने विश्वास व्यक्त गर्नु भएको छ ।

यस्तै गरी कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले महिलाको अन्तनीहित प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले तालिमको आयोजना गरीएको बताउनु भएको छ । उहाले ‘प्रशिक्षण कार्यक्रमले कार्यक्रम सञ्चालन गर्न र भाषण गर्ने कला सिक्न सहयोग गर्ने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले महिलालाई अगाडि बढाउन यो तालिमले सहयोग गर्ने बताउदै नागरिकको समस्या समाधानका निम्ति आफुले बिभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्दै आएको जानकारी दिनु भएको छ ।

कार्यक्रममा जयसवाल महिला सेवा समिति भैरहवा रुपन्देहीकी अध्यक्ष पुनम जयसवालले वडा कार्यालयले राम्रो कार्यक्रम आयोजना गरेको बताउनु भएको छ ।
समाजसेवी तथा उद्योगी ब्रिजेश अग्रवालले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले महत्वपूर्ण कार्य गरेको बताउदै उदघोषण तथा भाषण कला जीवनका लागि महत्वपूर्ण रहेको बताउनु भयो । कार्यक्रमका प्रशिक्षक विजय पाण्डेले कार्यक्रममा सैद्वान्तिक भन्दा प्रयोगात्मकलाई बढी जोड दिदै कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालको प्रमुख आतिथ्यता, वडा सदस्य किरन देवी सुनारको स्वागत तथा वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ३४ जना प्रशिक्षार्थीको सहभागीता रहेको छ ।

प्रकाशित मिति: २०२३-०६-१२ , समय : ०१:०२:५८ , १ वर्ष अगाडि