जेठ ३२ भित्र प्रधानन्यायाधीशको टुङ्गो लगाइने

rupandehi khabar , २४३  पटक हेरिएको

काठमाडौं, जेठ २९

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको आगामी बिहीबार सुनुवाइ हुने भएको छ । सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने र बिहीबार सुनुवाइ गर्ने निर्णय गरेको नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनु भएको छ । उहाका अनुसार जेठ ३१ मा समितिले उजुरीकर्तालाई बोलाएर छलफल गर्ने कार्यतालिका तय भएको छ। असार १ गते कार्कीबारे टुंगो लाग्ने बर्तौलाले
बताउनु भयो । कार्की विरुद्ध २९ वटा उजुरी परेका छन् ।

वैशाख २५ को संवैधानिक परिषदको बैठकले कामु प्रधानन्यायधीश कार्कीलाई प्रधानन्यायधीशका लागि सिफारिस गरेको थियो। जेठ १७ देखि १० दिनको समय दिएर कार्की विरुद्ध उजुरी आह्वान भएको थियो । कार्कीको कार्यकाल साउन १९ गतेसम्म कायम रहने छ।

प्रकाशित मिति: २०२३-०६-१२ , समय : १६:५६:३५ , २ वर्ष अगाडि