पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा बर्दघाट प्रज्ञा प्रतिष्ठान गठन हुने

प्रकाश न्यौपाने , ७६०  पटक हेरिएको

नवलपरासी, जेठ १४

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा बर्दघाट प्रज्ञा प्रतिष्ठान गठन हुने भएको छ । बर्दघाट साहित्य समाजले आज आयोजना गरेको कार्यक्रममा बोल्दै साहित्यबाट नै सामाज रूपान्तरण गर्न सकिने बताउदै नगर प्रमुख शम्भुलाल श्रेष्ठले तत्कालै नगर स्तरीय प्रज्ञा प्रतिष्ठान गर्ने बताउनु भयो । प्रज्ञा प्रतिष्ठानमार्फत नगरलाई साहित्य क्षेत्रमा छुट्टै पहिचान गराउने बताउनु भयो ।

नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बर्दघाट नगरलाई साहित्य क्षेत्रमा चिनाउने गरि कार्य गर्नु पर्ने आवश्यकता औलाउदै उहाँले साहित्यीक गतिविधिलाई प्रशय गर्न नगरपालिकाले साहित्य समाजसङ्गको सहकार्यमा अगाडि बढ्ने बताउनु भयो ।

बर्दघाट साहित्य समाजले आज आयोजना गरेको कार्यक्रममा नवनिर्वाचित जन प्रतिनिधिहरुलाई सम्मान गरेको छ । उक्त कार्यक्रममा प्रदीप भट्टराई, लक्ष्मी बर्तौला, नारायण बस्याल,बाबुराम गिरि रबिन शर्मा, बिश्वराज भट्टराई, तुल्सिराम पाण्डे, समाजका अध्यक्ष हुमानाथ आचार्यको अध्यक्षमा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाश न्यौपानेको स्वागत रहेको कार्यक्रमको संचालन सचीव रबिन शर्मा चापागाईंले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२२-०५-२८ , समय : २२:२१:०१ , ३ वर्ष अगाडि