सिमा नाकामा कडाइ संगै आवतजावतमा कमि

प्रकाश न्यौपाने , ४३८  पटक हेरिएको

नवलपरासी,असार ९

पश्चिम नवलपरासीमा रहेको महेशपुर भन्सार कार्यालयमा कडाइ गरेसंगै सर्वसाधारणको आवतजावतमा कमि आएको छ । असार ५ गते देखि भारतीय बजारबाट भित्र्याने एक सय रुपियाँको सामानमासमेत भन्सार उठाउन सुरु गरे पछि सिमा नाकामा सर्वसाधारणको आवतजावतमा कमि आएको महेशपुर भन्सार कार्यालयका प्रमुख बुद्धि बहादुर चुडालले बताउनु भयो । उहाँ भन्नु हुन्छ -” आज ५ दिन भो हामीले सिमा नाकामा कडाइ गरेको । अहिले कडाइ गरे पछि दैनिक आवतजावत गर्ने सर्वसाधारणको सख्यामा ७० प्रतिशतले कमि आएको छ ।”

नेपाल भारतको सिमाना भारतीय बजारबाट नेपाल आउने हरेक सामानमा भन्सार कडाइ गरिएको छ । भन्सार कार्यालयले सूचना नै निकालेर नेपाली एक सय रुपै‌या भन्दा बढिका सामानमा पनि भन्सार उठाइएको बताउदै चुडालले भारतबाट बिना भन्सार नेपालमा सामना आउदा राजस्व न्यून उठ्ने चुडालले भन्नु भयो । अहिले सरकारले लिएको एक सय रुपैया मुल्य बराबरको सामानमा पनि भन्सार लिग्ने निर्णयले सीमावर्ती क्षेत्रमा हुने अबैध कारोबारलाई निरुत्साहित बजारमा हुने अवैध कारोबारलाई निरुसाहित भएको छ ।

नेपाली उपभोक्ताहरुमा सिमा नाकामा रहेको भारतिय बजारमा सस्तो सामान पाइने भन्दै नेपाली उपभोक्ताहरु सिमा नाकाको जाने गरेको उद्योग वाणिज्य संघका केन्द्रिय सल्लाहकार गुणनिधी तिवारीले बताउनु भयो । उहाका अनुसार नेपाल भारतको सिमाना नाकाको बजारमा भारतबाट दैनिक उपभोग्य सामानहरु नेपाल आउँदा नेपाली बजार सुकेको बताउनु भयो ।
त्यस्तै चेम्बर अफ कमर्स नवलपरासीका अध्यक्ष चन्द्र ज्योति बस्यालले भन्सार कार्यालयले लिएको अहिलेको निर्णय स्वागत योग्य रहेको बताउनु भयो । उहाँ भन्नु हुन्छ -” भन्सार कार्यालयले अहिले गरेको निर्णय एकदमै स्वागत योग्य र साकारात्मक रहेको छ । जसले गर्दा नेपाली व्यवसायीहरुको व्यापारमा राम्रो हुन्छ । अहिले सिमावर्ती क्षेत्रमा रहेको भारतिय बजारमा नेपाली उपभोक्ताहरुले साइकल, मोटरसाइकल, इरिक्सा, अटो लगायत सवारी साधनहरु लिएर जाने क्रममा रोकिएको बताउनु भयो ।

प्रकाशित मिति: २०२३-०६-२४ , समय : २३:५३:१४ , १० महिना अगाडि