रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहद्वारा निर्वाचित जनप्रतिनीधिहरुलाई सम्मान

जगिलाल थापा , ५०३  पटक हेरिएको

कञ्चन , जेठ १७

रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह, कञ्चन रुपन्देहीद्वारा नव निर्वाचित जनप्रतिनीधिहरुलाई बधाई तथा सम्मान गरिएको छ। कञ्चनको बिकासमा सामुदायिक बनहरुले योगदान पुर्याउदै आएको र कञ्चनको पर्यटन प्रबद्र्धनमा कञ्चनका सामुदायिक बनहरुसंगको सहकार्यलाई जनप्रतिनीधिहरुद्वारा प्राथमिकता दिनु पर्नेमा रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष नाम बहादुर के.सी.ले आग्रह गर्नु भयो ।

लुम्बिनीमा आउने पर्यटकहरुलाई स्वच्छ र सुन्दर वातारणसहितको आकर्षक पर्यटकिय क्षेत्रको बिकास गर्न रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहले ७ लाख रुपैया खर्च गरेर डिपिआर बनाएको र उक्त डिपिआर अनुसारको कार्ययोजनाहरुलाई सफल बनाउन गाउपालिकाले आगामी बर्षको नीति, योजना तथा कार्यक्रमहरु निर्माण गरी अगाडी बढ्न समूहका अध्यक्ष के.सी.ले आग्रह गर्नु भयो ।

रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहद्वारा प्रस्ताव गरिएका कार्यक्रमहरुबारे कार्यापालिका स्तरको बैठकमा छलफल गरिने र कञ्चनका सामुदायिक बनमा अवसरहरुरुको खोजी गरिने नवनिर्वाचित गाउपालिका अध्यक्ष नवराज ढकालले बताउनु भयो ।

अध्यक्ष ढकालले कञ्चनको समानुपातिक रुपमा दिगो बिकासका लागि कञ्चनमा कृयाशिल सबैपक्षहरुसंग छलफलगरी अधिक्तम सुझावहरुलाई गाउपालिकाको बार्षिक नीति तथा कार्यक्रममा समवासेस गरिने बताउनु भयो ।
समूहका अध्यक्ष नाम बहादुर के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यालय सचिव तुलसी प्रसाद अधिकारीले गर्नु भएको थियो ।

कार्यक्रममा उपाध्यक्ष मौसमी थापा मगर, वडा नं. ३ का वडा अध्यक्ष मधु सापकोटा, वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्री र वडा नं. ५ का वडा अध्यक्ष कुलप्रसाद पौडेललाई समूहको तर्फबाट समूहका अध्यक्ष नाम बहादुर के.सी.ले सम्मान गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२२-०५-३१ , समय : २२:१५:३७ , २ वर्ष अगाडि