कपिलवस्तुको महाराजगन्जमा आजदेखि विद्युत महसुल काउन्टर संचालन

धनिराम कोरी , ६४८  पटक हेरिएको

महाराजगन्ज , १८
कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकाको वडा नम्बर १ मा संचालित महाराजगन्ज सब- स्टेशनको कार्यालयमा बिद्युत महसुल काउन्टर आज देखि संचालनमा आएको छ ।

नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रकाे पहलमा अब महाराजगन्ज बिद्युत कार्यालयबाट बिद्युत महसुल बुझाउने काउन्टर संचालनमा आएकाे हो ।

महाराजगन्जमा बिद्युत महशुल काउन्टर नहुदा स्थानीयलाई महशुल् बुझाउन कृष्णनगर जानुपर्ने बाध्यता अब हटेको छ भने महाराजगन्ज मै विद्युत महशुलकाे काउन्टर संचालन भइसकेको छ ।

प्रकाशित मिति: २०२२-०६-०१ , समय : १८:२९:०८ , २ वर्ष अगाडि