भन्सार विभागद्वारा सुन प्रकरण छानबिन गर्न समिति गठन

रुपन्देही खबर , ३१४  पटक हेरिएको

काठमाडौँ, साउन ४

भन्सार विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन बाहिरिएको प्रकरणमा छानबिन गर्न समिति गठन गरेको छ ।

बिहीबार विभागले विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको विभागका सूचना अधिकारी पूण्यविक्रम खड्काले जानकारी दिनु भएको छ । उहाका अनुसार अनुसन्धानका लागि जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारी गरिएको छ ।

भन्सार जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले गरेका थिए । राजस्व अनुसन्धान विभागको विशेष सुराकीका आधारमा बुधबार ट्याक्सीमा राखेर भन्सारबाहिर पुर्याएको असी किलो भन्दाबढी सुन बरामद गरिएको थियो ।

त्यसक्रममा ६ भन्सार एजेण्टसहित ६ जना पक्राउ परेका छन । हङकङको क्याथे प्यासिफिक एयरलाइन्सबाट आएको स्कुटरको ब्रेक शुमा राखेर उक्त सुन ल्याइएको हो । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार यस प्रकरणमा मुछिएका व्यक्तिको खोजी भइरहेको छ ।

प्रकाशित मिति: २०२३-०७-२० , समय : १४:१९:०८ , १ वर्ष अगाडि