रोटरी क्लव अफ बुटवलद्धारा मिलनटोलमा वृक्षरोपण

रुपन्देही खबर , १९४  पटक हेरिएको

बुटवल, साउन ७

रोटरी क्लव अफ बुटवलले शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लवले बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतीनगरस्थित मिलन टोलमा वृक्षरोपण गरेको हो । वृक्षारोपण कार्यक्रमको उदघाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष विष्णुप्रसाद ढकालले वृक्षरोपण कार्यको प्रशंसा गर्दै यसको संरक्षणमा स्थानीयको सक्रियता रहनुपर्नेमा जोड दिनु भएको छ । ज्योतीनगर क्षेत्रको पहिरो नियन्त्रणका लागि पनि यस क्षेत्रमा वृक्षरोपण जरुरी रहेको भन्दै उहाले रोटरीले मिलनटोललाई रोजेर वृक्षरोपण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिनु भएको थियो ।

रोटरी क्लव अफ बुटवलका वर्ष २०२३÷२४ का एजी सुरज क्षेत्रीले रोटरीले विभिन्न सामाजिक क्षेत्रहरुमा काम गर्दै आएको भन्दै वृक्षरोपण कार्यक्रम पनि रोटरीको कार्ययोजना अन्तर्गत भएको बताउनु भएको छ । क्लवका अध्यक्ष करुण खनालले वातावरण बचाउन र हरियाली कायम राख्नका लागि पनि वृक्षरोपण आवश्यक रहेको भन्दै वृक्षरोपणपछि यसको संरक्षणमा विशेष ध्यान पु¥याउन मिलन टोल विकास संस्थाका पदाधिकारीलाई आग्रह गर्नु भएको छ । उहाले क्लवले विभिन्न क्षेत्रसँगको सहकार्यमा विभिन्न रचनात्मक कार्यक्रमहरु अगाडि बढाउन चाहेको बताउनु भयो ।

कार्यक्रममा क्लवका निर्वमान अध्यक्ष बोनिन पियाले ज्योतीनगर क्षेत्रको पहिरो रोकथामका लागि पनि यस क्षेत्रमा बिरुवाहरु लगाउनु अति आवश्यक रहेको भन्दै क्लवले गरेको कार्यको प्रशंसा गर्नु भएको छ । मिलन टोल विकास संस्थाका अध्यक्ष माधव पाण्डेले क्लवले ज्योतीनगर क्षेत्रको मिलन टोलमा वृक्षरोपणको स्थान तय गरेकोमा धन्यवाद दिंदै रोपिएका बिरुवाको संरक्षणमा संस्थाले ध्यान दिने प्रतिवद्धता जनाउनु भयो । त्यस्तै क्लवका सचिव तारानाथ भट्टराईले क्लवले गर्ने हरेक कार्यक्रम उत्तिकै महत्वपूर्ण रहेको बताउनु भयो ।

वृक्षरोपण कार्यक्रममा क्लवका पदाधिकारी, सदस्य तथा मिलन टोल विकास समितिका पदाधिकारी र स्थानीयको सहभागिता थियो । कार्यक्रममा रोटर्याक्ट क्लव अफ बुटवल, रोटर्याक्ट क्लव अफ लुम्बिनी बाणिज्य क्याम्पस र रोटर्याक्ट क्लव अफ क्षितिज इन्टरनेशनल कलेज पनि सर्भिश पार्टनरको रुपमा सहभागी थिए । क्लवको १४७२ औं नियमित बैठकको अवसरमा वृक्षरोपण कार्यक्रम गरिएको थियो ।

प्रकाशित मिति: २०२३-०७-२३ , समय : १९:१३:३५ , १ वर्ष अगाडि