प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा रुपन्देहीमा दुई जना पक्राउ

रुपन्देही खबर , २३२३  पटक हेरिएको

रुपन्देही, साउन १४

प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा रुपन्देहीमा दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सियारी गाउँपालिका ७ अमुवा बस्ने ३० वर्षीय लाल बहादुर थारु र ४० वर्षीय जित बहादुर थारु रहेका छन ।

शनिबार राति सियारी गाउँपालिका ७ अमुवास्थित जनता माध्यमिक विद्यालय अमुवा रुपन्देहीको खेल मैदानमा प्रथम अमुवा सांस्कृतिक रमाईलो मेलामा उनीहरु दुवै जना झगडा गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा प्रहरी टोली माथि नै दुव्र्यवहार गरेकोले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२३-०७-३० , समय : १६:३५:२७ , ३ वर्ष अगाडि