कोशीको प्रदेशसभा बैठक आज दिउसो बस्ने

रुपन्देही खबर , १७७  पटक हेरिएको

विराटनगर , भदौ १

कोशी प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकको सुरूमा निवर्तमान सभामुख बाबुराम गौतमले दिएको राजीनामा बारे जानकारी गराउने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् बिस्तार सम्बन्धी पत्र वाचन हुने कार्यसूची छ । आजैबाट २०८० र ८१ को बजेट अध्यादेश सम्बन्धी छलफल गर्ने तयारी समेत छ ।

गत असार १५ गते स्थगित भएको बैठक आज बस्न लागेको हो । सभामुख बाबुराम गौतमले राजीनामा दिएकाले उपसभामुख सृजना दनुवारले बैठक सन्चालन गर्नुहुनेछ ।

प्रकाशित मिति: २०२३-०८-१८ , समय : ११:२७:४३ , ९ महिना अगाडि