पश्चिम नवलपरासीको प्रतापपुर गाँउपालिकाले माटो परीक्षण प्रयोगशाला स्थापना गर्ने

अनिल यादव , ६७२  पटक हेरिएको

नवलपरासी , जेठ २०

पश्चिम नवलपरासीको प्रतापपुर गाँउपालिकाले माटो परीक्षण प्रयोगशाला स्थापना गर्ने भएको छ। गत बैशाख ३० गते स्थानिय तहको निर्वाचन पछि प्रतापपुर गाँउपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरु को पहिलो बैठकले माटो परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ।

 

प्रतापपुर गाँउपालिका भित्रका कृषकहरु लाई मध्यनजर गरी त्यस पालिका भित्र माटो परीक्षण प्रयोगशाला अनिवार्य रहेको भन्दै स्थापना गर्न थालिएको प्रतापपुर गाँउपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले बताएका छन्। यादवले प्रतापपुर गाँउपालिका उँखु, केरा र बदाम लगायत अन्य वालीको पकेट क्षेत्र भएको हुनाले माटो प्रयोगशालाको आवश्यकता महसुस भई हामीले छिटै त्यसलाई स्थापना गर्ने भनेका छन्।

कृषि प्रधान देशमा पनि कृषकले सो अनुसारको सेवा नपाएपछि हामि कसरी कृषिमा आत्म निरर्भर हुने यादवको भनाई छ।

किसानले विभिन्न नगदेवाली लगाँउछन तर उसलाई आफ्नो खेतको माटो कस्तो रहेको खेति योग्य छ कि छैन्, कुन वाली ठिक हुन्छ भन्ने विषयमा उसलाई थाह हुदैँन् । हुन त किसानले माटो परीक्षण विना पनि खेति गर्न सक्छन् तर उनिहरु ले चाहे अनुसारको उब्जनी हुन सक्दैन् । त्यसैले पनि माटो परीक्षण आवश्यक भएको अध्यक्ष यादवको भनाइ छ ।

यस्तै किसानलाई कृषिकै लागि चाहिने अन्य आवश्यकताहरु लाई पछिपछि योजना बनाई काम गर्दै जाने उनेले भने । यस्तै किसानलाई चाहिने मलविउ पनि किसानलाई व्यवस्थापन गर्न कठिनाई भएको छ भने त्यसको लागि पनि गाँउपालिका आँफैले पहिल गरी उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।

माटो परीक्षण प्रयोगशाला सञ्चालनको लागि कार्यविधि नै बनाउने गाँउपालिकाले जनाएको छ। त्यस्तै किसानलाई कृषक परीचयपत्र समेत वितरण गरिने योजना रहेको छ । कार्डले कति क्षेत्रफलमा खेती भईरहेको र कति परिवार त्यसमा आश्रित रहेको तथ्याङ्क हुने छ ।

त्यही कृषक परिचय पत्रको अधारमा किसानलाई राहत, अनुदान तथा कृषियन्त्र प्रदान गरिने गाँउपालिकाले भनेको छ । यसका लागि पनि छुटै कार्यविधि बनाइने पालिकाले भनेको छ ।

प्रकाशित मिति: २०२२-०६-०३ , समय : १८:३०:०२ , २ वर्ष अगाडि