हिन्दु परिषद नेपाल जिल्ला कार्यसमिती रुपन्देहीद्धारा भैरहवामा बिरोध प्रर्दशन

रुपन्देही खबर , ७३२  पटक हेरिएको

भैरहवा, भदौ १३

हिन्दु परिषद नेपाल जिल्ला कार्यसमिती रुपन्देहीले धरानमा भएको गौहत्याको बिरोधमा मंगलबार भैरहवामा बिरोध प्रर्दशन गरेको छ । भैरहवाको मिलनचोक देखि सुरु भएको बिरोध रयाली बैंकरोड, देवकोटा चोक हुदै पुन मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सबै सनातनहरु एक हौ । हिन्दु राष्ट्र कायम गर , राजनितिक पार्टी भन्दा माथि आफनो धर्मलाई राखौ, हिन्दु धर्म माथि भएको अत्याचार सहन सक्दैनौ । गौ हाम्रो माता हो । हाम्रो भेष हाम्रो धर्म प्राण भन्दा प्यारो छ । जय जय गोरख जय जय काली, हिन्दु धर्म यसै पाली , गौ हत्यारालाई फासी दे भन्दै नारा लगाएका थिए । कार्यक्रममा सहभागी हिन्दु धर्मवालम्बीहरुले आफनो धर्मलाई कसैले जिस्काए त्यसको जवाफ दिने बताएका छन ।
हिन्दु धर्मलाई पटकौ पटक जिस्काएका कारण अति भए पछि सहन नसकी बाटोमा उत्रिएको उनीहरुको गुनासो छ । गाई हिन्दु धर्मको माता समान भएको र यसलाई कसैले काटेर खान नमिल्ने र कुनै पनि धर्मको अपमान गर्न नपाइने सहभागीहरुको भनाई छ । नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा हुदा समेत हिन्दुहरु चुप लाग्नुको परिणाम हिन्दु समुदायले भोग्नु परेको सहभागीहरु गुनासो गरेका छन ।

आज बुधबार पनि हिन्दु परिषद नेपाल जिल्ला कार्यसमिती रुपन्देहीले धरानमा भएको घटनाको बिरोधमा बिहान ११ बजे हिन्दु धर्मको शक्ति प्रर्दशन गरीने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०८-३० , समय : १०:३६:५० , ९ महिना अगाडि