श्रीकृष्ण जन्माष्टमीको अवसरमा रुपन्देहीको गैडहवा ६ सुर्यपुरामा राधाकृष्ण मन्दिर उदघाटन

उर्मिला यादव यात्री , ६५०  पटक हेरिएको

भैरहवा, भदौ २२

रुपन्देहीको गैंडहवा गाउँपालिका वडा नम्बर ६ सुर्यपुराको डाडाचोकमा एक कार्यक्रमकका बिच बुधबार राधाकृष्ण मन्दिर उदघाटन गरीएको छ । गोपाल सेवा समिति गैंडहवा गाउँपालिकाले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरेको श्रीकृष्ण जन्मोत्सव कार्यक्रम तथा बिरहा मुकाबला कार्यक्रममा निबर्तमान संघिय सांसद प्रमोद कुमार यादवले राधाकृष्ण मन्दिरको उदघाटन गर्नु भएको हो ।

मन्दिरको उदघाटन गर्दै प्रमुख अतिथी यादवले हिन्दु धर्मावलम्बीहरुको महान पर्व कृष्णजन्माष्टमीको अवसरमा शुभकामना दिदै श्री कृष्ण भगवान यदुवंशी कुलको भएकोले यादवहरुले गर्व गर्नुपर्ने बताउनु भएको छ । उहाले आफनो धर्मको रक्षा गर्नु हामी सबैको दायित्व भएको जोड दिनु भयो । उहाले हिन्दुहरुको धर्म संरक्षणमा हामी आफै नै एकजुट नभएकोले यो धर्म संकटमा पर्दै गएको उल्लेख गर्नु भयो । समाजमा न्याय स्थापित गर्ने दायित्व नै हाम्रो धर्म संस्कृतिसंग जोडिएकोले यसको संरक्षणमा एकबद्ध हुन आग्रह गर्नु भएको छ । उहाले मन्दिरको लागी जग्गा दान गर्ने र मन्दिर निमार्णमा आर्थिक सहयोग गर्ने समाजसेवीहरुलाई धन्यावाद दिदै यसरी नै समाजसेवामा सक्रिय भएर लाग्न आग्रह गर्नु भएको थियो ।

यस्तै गरी गोपाल सेवा समितीका केन्द्रिय उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष भरथरी यादवले श्रीकृष्ण जन्माष्टमीले प्रत्येक वर्ग समुदायमा सामाजिक सदभाव कायम गर्ने भएकोले यसले समुदायमा भावनात्मक सम्बन्ध बिकास हुदै गएको बताउनु भएको छ । उहाले हिन्दुहरु र यदुवंशी समुदायलाई यो पर्वले सधै प्रेरणा दिदै आएको र सत्यको बाटोमा हिडन अग्रसर गरेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा समाजसेवी रामबली यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा गोपाल सेवा समितीका क्षेत्रीय अध्यक्ष रामबिलास यादव,गोपाल सेवा समिती गैडहवा गाउपालिका अध्यक्ष दिलिप यादव,समाजसेवी सत्य नारायण पथिक, रामदेव यादव, रामचन्द्र यादव लगायतले बोल्नु भएको थियो भने कार्यक्रम संचालन गोपाल सेवा समिती गैडहवा गाउपालिका सचिव रामबहादुर यादवले गर्नु भएको थियो ।
कार्यक्रममा मन्दिर निमार्णको लागी जग्गादान गर्ने समाजसेवी अगर्दी यादव, रामलखन यादवको छोरा बेचन यादव, नाति गया यादव तथा पत्रकार दिपक जयसवाललाई दोसल्ला ओढाई सम्मान गरीएको थियो ।
कार्यक्रम गोपाल सेवा समितीका क्षेत्रीय अध्यक्ष रामबिलास यादवको अध्यक्षता तथा निबर्तमान संघिय सांसद प्रमोद कुमार यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२३-०९-०८ , समय : ११:२३:४८ , ८ महिना अगाडि