संचारिका समुह नेपाल रुपन्देहीले फरक ढंगले तीज मनायो

उर्मिला यादव यात्री , २०४  पटक हेरिएको

बुटवल, भदौ २५

संचारिका समुह नेपाल रुपन्देहीले फरक ढंगले तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम आइतबार बुटवलमा सम्पन्न गरेको छ । संचारिका समुह नेपाल रुपन्देहीका अध्यक्ष निरा गौतम निरुको अध्यक्षता तथा संचारिका रुपन्देहीका सल्लाहकार एवम संचारिका समुह नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलको प्रमुख आतिथ्यतामा तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै संचारिका समुह रुपन्देहीका अध्यक्ष निरा गौतमले समाज परिर्वतनलाई आवाज बुलन्द गर्ने ठाउको रुपमा तिजलाई बिकसित गर्दै गैरहेको बताउनु भएको छ । उहाले हिजोको दिनमा चौतारा, बाटोघाटो , चोकहरुमा जम्मा भएर तिज मनाउदै आएको र अहिले त्यो सम्भव नभएको बताउनु भयो । उहाले पार्टी प्यालेसमा तिज मनाए पनि यो मौलिकता संग जोडिएको र कलमको माध्यमबाट समाजमा कस्ता किसीमका मुद्धाहरुहरु बाहिर ल्याउन सक्छौ यस बिषयमा पनि कार्यक्रममा चर्चापरिचर्चा गर्ने बताउनु भयो । बिगतका दिनमा संचारका साधनहरु नहुदा महिलाहरु आफनै गीतका भाका मार्फत बेदना पोख्ने पर्वको रुपमा तिजलाई लिइन्थ्यो । तर त्यो अहिले परिर्वतन भएको बताउनु भयो । उहाले पहिला दैलामुनी के हो बाबा ठुलो रुख बडर, धेरै छोरी छन भनेर हेला नगर। धेरै छोरी भए पनि आफनै कर्म खाने हो रुदै रुदै पराईको घर जाने हो । तिजमा माइत नपठाउने कस्तो रैछ घर पनि , नरोइ नरोइ खाए आमा राति दर पनि । हाम्रा राजाले के जानेका छन र, अंग्रेजी राजाले सडकमा रेल गुडाए, मखमली चोली मेरो मेसिनले सिउने बरी लै , सौतामाथि दियौ बाबा कति लेख्यौ जिउने बरी लै , लगायतका गीत मार्फत महिलाहरु आफना बेदनाहरु यसरी पोख्ने गरेको बताउनु भयो ।

माइत नजान नपाउनुको पिडा , धेरै छोरी हुनुको पिडा, बिवाह गरेर श्रीमती घरमै छोडेर बिदेशिनुको पिडा मात्र नभई राजाको बिरुद्ध बोल्न नपाइने समयमा पनि गीतमा हाम्रा राजाले के जानेका छन र, अंग्रेजी राजाले सडकमा रेल गुडाए जस्ता गीतहरु महिला दिदी बहिनीहरुले तिजमा गाउदै आएको बताउनु भयो । यस्तै गरी संचारिका समुह रुपन्देहीको सल्लाहकार तथा लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले महिलाहरु बिभिन्न क्षेत्रमा काम गर्ने हुदा काम कहिल्यै नभ्याउने र अवसर संगै उमेर पनि बित्दै जाने भएकोले अव नया पुस्ताले चाडपर्व, बचाइराख्नु पर्ने बताउनु भएको छ ।

तिज भनेर जताजतै बाट आक्रमण भएको बताउदै तिजलाई अझै राम्रोसंग मनाउनु पर्ने र भब्य बनाउनुपर्ने बताउनु भयो । उहाले भन्नु भयो पुरुषहरुले तीज भडकिलो भयो , होटेल रेष्टुरेन्टमा गएर दर खान थाले नाच्न थाले। अब हामी कोठामा बस्ने मान्छे , घर भए पनि एक्ले कोठा बनाएर बसेको मान्छे , गर्मीमा घरमा पाहुना, दिदी बहिनी बोलाएर उनको स्याहार गरेर पकाएर तीज मनाउन सम्भव छैन । अरु बेला कार्य क्षेत्रमा खटिने र घरको काम गर्ने हुदा दर खाने बेलामा सबै जना एकैपटक जम्मा भएर दर खाने रहर सबैलाई हुने हुदा पार्टी प्यालेसमा नै दर खाने उपयुक्त ठाउ भएको बताउनु भयो । उहाले आफनो कार्य क्षेत्र र कामले गर्दा माइत जान पनि नपाउने हुदा अहिले पहिला जस्तो चौतारी र चोक चोकमा तिज मनाउने नभएकोले गर्दा र पहिला जस्तो पकाएर खान दिने संयुक्त परिवार पनि नभएकोले र सबै परिवार एकै ठाउमा जम्मा हुने सा्रेत साधन पनि नभएकोले महिलाहरु पार्टी प्यालेसमा नै तीज मनाउन आएको बताउनु भयो । उहाले बिवाह, ब्रतबन्ध, पार्टी प्यालेसमा गर्न हुने , क्रिया बस्दा सामुदायिक भवनमा जान हुने , तीजका कार्यक्रम गर्न घरै भित्र बस्नु पर्छ भन्ने मानसिकता पुरुषबादी चिन्तन भएकोले यसलाई हटाउनुपर्ने बताउनु भयो । पुरुष महिला सबै समान हो खान मन लागेको खाने हो, लगाउन मन लागेको लगाउने हो ,नाच्न र गाउन मन लागे त्यो पनि गर्ने र चाडपर्व मनाउने हो भन्दै यो संदेश पनि दिनुपर्ने बताउनु भयो । उहाले तिजको बिषयमा जिल्ला प्रशासनले सुचना नै निकालेको र सामाजिक संजाल लगायत बिभिन्न निकायले तीज भडकिलो भयो भन्दै पार्टी प्यालेसमा तीज नमनाउ भन्ने कुराको बिरोध गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा पत्रकार महिलाहरुले मादल बजाएर हाम्रा बाबाले किनिदिएको पछयौरी,फाटिसक्यो कति साबुनले धोइरहने हो। सानो भयो मादलु ,मादलुको पाइन मैले ताल, छाइ छाइ कडिया, बजाउदै रेलैमा , दैला मुनीको सुन्तलाको बिरुवा, बसी गोडम्मला सुन्तलाको बिरुवा बसी गोडम्ला लगायतका गीतहरु गाउदै नाचेका थिए ।

कार्यक्रममा रुपन्देहीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका क्रियासिल पत्रकार महिलाहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन संचारिका समुह रुपन्देहीका सदस्य बिष्णु खत्रीले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०९-११ , समय : १०:५४:४७ , ८ महिना अगाडि