तीजमा मात्रै होइन अरु समय पनि महिलाहरुलाई संगठित हुन आग्रह

उर्मिला यादव यात्री , २३१  पटक हेरिएको

भैरहवा , भदौ ३१

महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा भैरहवामा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानको अध्यक्षता तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य गंगा शाहीको प्रमुख आतिथ्यतामा शनिबार भैरहवामा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेस केन्द्रिय सदस्य गंगा शाहीले महिलाहरुको महान चाड तीज नाच्नु गाउनु मात्र नभई महिलाले संघर्ष सधै गर्नु पर्ने बताउनु भएको छ । उहाले महिलाले नै माइती र घर जोडने पुलको काम गर्ने भएकोले महिलाहरु एकजुट भएर काम गर्न आग्रह गर्नु भएको छ । उहाले एक्लैले हरेक काम गर्न कठिन भएको हुदा महिलाहरुलाई संगठित हुन आग्रह गर्नु भयो । उहाले महिलाहरुले देश र बिश्वको लागी केही गर्ने हिसाबले संगठन तयार गर्नुपर्ने जोड दिनु भएको थियो ।

यस्तै गरी नेपाली कांग्रेस महासमिती सदस्य तथा लुम्बिनी प्रदेश सांसद जमुना ढकालले महिलाहरुको महान चाड हरितालिका तीज सभ्य र भब्य तरिकाले मनाउन आग्रह गर्नु भएको छ । उहाले सम्पुर्ण महिला दिदी बहिनी तथा दाजुभाइहरुमा शुभकामना दिदै तीज महिलाहरुको पर्व भएको बताउदै दाजुभाइले आफना चेलीलाई घरमा बोलाएर दर ख्वाउने जुन हाम्रो चलन छ त्यसलाई आज सिद्धार्थनगर नगरपालिकाका प्रमुख खानले आफनो भुमिका निवार्ह गरी महिला दिदी बहिनीहरुलाई माइतीको झल्को दिनु भएकोले यो एकदमै राम्रो भएको उल्लेख गर्दैै धन्यवाद समेत दिनु भएको थियो । तीज नेपाली महिलाहरुको पर्व र उनीहरुको मनमा रहेको पिर ब्यथालाई गीत मार्फत गाइन्छ र यसलाई तीज भनेर पुर्खाै देखि महिलाहरुले मनाउदै आएको भए पनि पछिल्लो समय तीज भडकिलो भयो कि भन्ने कुरा बजारमा आइरहेको बताउनु भयो । उहाले तीज नेपाली महिलाहरुको संस्कृति भएको बताउदै यसलाई जोगाउन हामी सबैको कत्र्तब्य भएको बताउनु भयो । उहाले देशमा लोकतन्त्र आइसकेपछि देशमा थुप्रै संघ संस्थाहरु सहकारी , टोलसमिती , आएकोले समाजमा परिर्वतन आएकोले तीज अहिले लामो समय सम्म मनाइरहदा भडकिलो देखिएको भन्ने कुरा मात्रै हो यसलाई जसरी मनाए पनि महिला दिदी बहिनीहरुले आफनो संस्कृति र पर्वलाई मनाएको जोड दिनु भयो । उहाले पर्वलाई जोगाउनका लागी हामीले कुनै न कुनै माध्यमबाट नाच्न र गाउका लागी एक ठाउमा जम्मा भएर तीज मनाएको बताउनु भएको छ ।

यस्तै गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा सम्पुर्ण महिला दिदी बहिनीहरुको सुस्वास्थ्य दिघार्युको कामना सहित शुभकामना ब्यक्त गर्नु भएको थियो । उहाले घरदेखि बाहिर सम्म महिला दिदी बहिनीहरुले सम्पुर्ण जिम्मेवारी बहन गर्दा बिभिन्न आरोह अवरोह आउने भएकोले सम्पुर्ण महिला दिदी बहिनीहरुलाई एउटै स्थानमा अवसर प्रदान गर्नु भएको सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख खानलाई धन्यवाद दिनु भएको थियो ।

कार्यक्रम संयोजक निलु श्रीसको स्वागत मन्तब्य रहेको कार्यक्रममा नेपाली कांग्रेस महासमिती सदस्य तथा लुम्बिनी प्रदेश सांसद जमुना ढकाल, नेपाल महिला संघ केन्द्रिय सदस्य पुष्पा चौधरी, रमा अर्याल, नेपाली कांग्रेस महासमिती सदस्य सोमबहादुर गुरुंग, नेपाली कांग्रेस प्रदेश सभापति सुरेन्द्र जंग थापा , नेपाल तरुणदल सिद्धार्थनगर सभापति दिपेन्द्र बुढाथोकी, सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज पौडयाल, तिलोत्तमा नगरपालिका प्रमुख तथा नेपाली कांग्रेसका रुपन्देही जिल्ला सभापति रामकृष्ण खांण, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठ, वडा नम्बर ७ का अध्यक्ष दामोदर शर्मा घिमिरे , बिभिन्न संघसंस्थाका प्रतिनिधी लगायत महिलादिदी बहिनीहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पुरयाउने ब्यक्तित्वहरुलाई सम्मान समेत गरीएको थियो भने कार्यक्रम संचालन सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को वडा सदस्य सरस्वती श्रेष्ठले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०९-१७ , समय : २२:४६:४१ , ८ महिना अगाडि