जातिय उन्मुलन दिवस : सैनामैनामा कविता प्रतियोगिता गरि मनाईयो

सुरेश परियार , ६३७  पटक हेरिएको

रुपन्देही , जेठ २१

आज जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । सो अबसर पारेर रुपन्देहीको सैनामैनामा पनि अन्तर मा .बि स्तरिय कविता प्रतियोगिताको आयोजना गरि यो दिवस मनाईएको हो । एलायन्स क्लब अफ सैनामैनाको आयोजनामा भएको प्रतियोगितामा १२ बिद्यालयले सहभागिता जनाएका थिए।

१२ बिद्यालयलाइ पछि पार्दै रुपन्देही मोडन बिद्यालयले उपाधी चुमेको छ । यस्तै,प्रतियोगितामा कलौनी कान्तिपुर स्कुल द्वितीय र जनकल्याण बिद्यालय तृतीय हुन सफल भएको कार्यक्रम संयोजक सुस्मिता परियारले जानकारी दिनु भएको छ ।

प्रथम हुने बिद्यालयले रु.३ हजार नगद राशि,ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितीयले २ हजार राशि र तृतीय हुने बिद्यालयले रु.१ हजार राशि,ट्रफि र प्रमाणपत्र,मेडल प्राप्त गरेको हो ।

सहिद नारायण पोख्रेल क्याम्पस सैनामैनाको सभाहलमा भएको कार्यक्रम एलायन्स क्लब अफ सैनामैनाका अध्यक्ष दिपल काफ्लेको अध्यक्षता,संविधान सभा सदस्य तथा दलित अभियान्ता बिनोद पहाडीको प्रमुख आतिथ्यता तथा क्याम्पस प्रमुख यदुलाल पन्थको विशिष्ट आतिथ्यतामा भएको हो ।

सोही अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी संविधान सभा सदस्य तथा दलित अभियन्ता बिनोद पहाडीले आज जातीय भेदभाव अन्त्य भएको १६ बर्ष पुग्यो तर अबस्था उस्तै रहेको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ । राज्य एकीकरण देखि संविधान निर्माण सम्म दलित समुदायले खेलेको भुमिका अतुलनीय रहेको स्मरण गराउदै राज्यको मुलधारमा दलित समुदायलाई ल्याउन सबै तहको योगदान रहनु पर्ने उल्लेख गर्नु भयो । अझै पनि समाजमा जातीय बिभेदका कारण हिसा,दमन र अबहेलना सहनु पर्ने बाध्यता कायमै रहेकाले यी यस्ता व्यबहार नगरी सुसभ्य व्यबहार गरि समतामूलक समाज निर्माणमा टेवा दिने कुरा राख्नु भएको थियो ।

 

यस्तै कार्यक्रममा क्याम्पस प्रमुख यदुलाल पन्थ,दलित पत्रकार संघ नेपालका केन्द्रिय सचिब तथा रेडियो नेपालका रिता बुढाथोकीले कविता प्रस्तुत गरेका गर्नु भएको थियो ।

 

कार्यक्रममा एलायन्स क्लब अफ गैडहवाका चाटर प्रेसिडेन्ट शिवनाथ बराई,सैनामैना दलित उत्थान समितीका अध्यक्ष अम्बिका परियार लगायतले बोल्नु भएको थियो । कार्यक्रममा एलायन्सका महासचिब प्रेम न्यौपानेको सन्चालन रहेको थियो ।

प्रकाशित मिति: २०२२-०६-०४ , समय : १९:०१:५८ , २ वर्ष अगाडि