गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

अनिल खत्री , ५६२  पटक हेरिएको

गुल्मी,  जेठ २१

गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२ रातडाँडा निवासी ४१ वर्षका झविलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खेरलले बताउनु भएको छ  ।

कुमाल शनिवार दिउँसो छल्दी पनाहा खोलामा माछा मार्न गएका थिए । उनलाई स्थानीयले मृत्यु भएको अवस्थामा देखेपछि उक्त शव पानीबाट निकाली प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ ।

डुबेर मृत्यु भएको घटना थाहा पाउन साथ हस्तीचौर प्रहरी चौकीबाट प्रहरी सहायक हवल्दार कमल खनालको कमाण्डमा ३ जनाको टोली खटिएको थियो । शवलाई पोष्ट मार्टको लागि गुल्मी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धानको लागी प्रहरी निरीक्षक श्यामप्रकाश यादवको कमाण्डमा ७ जनाको टोली खटिएको छ ।

प्रकाशित मिति: २०२२-०६-०४ , समय : २०:२९:३५ , २ वर्ष अगाडि