बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा अर्याल निर्वाचित

रुपन्देही खबर , २०७  पटक हेरिएको

बुटवल, असोज २३

रुपन्देहीको पुरानो व्यवसायीक संस्था र निकै चासोका साथ हेरिएको बुटवल उद्योग बाणिज्य संघको २५ औं अधिबेशनको निर्वाचन अन्तर्गत मतगणना सम्पन्न भएको छ । मत परिणाम अनुसार अध्यक्षमा हरिप्रसाद अर्याल निर्वाचित हुनु भएको छ । निर्वाचनमा अर्यालले प्रतिष्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई पराजित गर्दै प्यानलसहित निर्वाचित हुनु भएको हो ।

मङ्गलबार बिहान सम्पन्न मतगणनामा संस्थापन पक्षका अध्यक्षका उम्मेदवार दिनेशप्रसाद श्रेष्ठलाई ८७ मतले पछाडी पार्दै हरि प्रसाद अर्याल विजयी हुनु भएको हो । अर्याल ७७६ मतका साथ विजयी हुनु भएको हो । उहाका प्रतिद्वन्द्वी श्रेष्ठले ६८९ मत प्राप्त गर्नु भएको थियो ।

९ जना पदाधिकारी र १७ जना कार्यसमिति सदस्यमा पदाधिकारीमा अर्याल प्यानलका भेषराज गैरे वाहेक अर्याल प्यानलककै उम्मेदवारले जितेका छन् । एक हजार ७ सय ७८ मतदाता रहेकामा १५०६ मत खसेको थियो ।

प्रकाशित मिति: २०२३-१०-१० , समय : ११:१५:३४ , ५ महिना अगाडि