दाङमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रुपन्देही खबर , २३९  पटक हेरिएको

दाङ, कार्तिक १५

दाङमा तरकारी बोकेको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। राजपुर गाउँपालिका–२ समयथान नजिकै गढवा–राजपुर हुलाकी सडकखण्डको भित्री सडकमा मंगलबार बेलुका लु ३ च ३८५३ नम्बरको तरकारी बोक्ने पिकअप भ्यानले रा २ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक राजपुर गाउँपालिका–२ बेलाका २४ वर्षीय श्रवणकुमार यादवलाई उपचारका लागि ८ बजे लमही अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको दाङका एसपी रामबहादुर केसीले जानकारी दिनु भएको छ । दुर्घटनामा परि मोटरसाइकलको पछाडि बसेकी राजपुर – २ की २६ वर्षीया सविना यादव घाइते छिन्। उहाको लमही अस्पतालमा उपचार भइरहेको एसपी केसीले जानकारी दिनु भएको छ । ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको उहाले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२३-११-०१ , समय : ०९:२६:४१ , ८ महिना अगाडि