मदिरा व्यवसायी संघ भैरहवाद्धारा स्थापना दिवसको अवसरमा राहत वितरण

रुपन्देही खबर , २३४  पटक हेरिएको

भैरहवा, कार्तिक १७

मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले आफ्नो स्थापना दिवसको अवसरमा राहत वितरण गरेको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–८ लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा राहत वितरण गरिएको कार्यक्रम संयोजक तथा संघका महासचिव केशव कुँवरले बताउनु भएको छ । विगतमा पनि यो बाल गृहमा राहत वितरण गरिएको मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले बताउनु भएको छ । उहाले बालगृहमा इन्भटरको आवश्यकता भएको जानकारी पाएपछि राहतस्वरुप प्रदान गरिएको बताउनु भएको छ ।

उहाले भन्नु भयो , ‘बालगृहमा रहेका विद्यार्थीहरुलाई इन्भटरले विद्युत कटौती भएको समयमा पनि पठनपाठन कार्यमा सहयोग पुग्छ । वार्षिक कार्यक्रम अन्तर्गत नै राहत वितरण गरिएको हो । संघले वार्षिक २५–२६ वटा कार्यक्रम गर्दै आएको उहाको भनाइ छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले तेस्रो वर्ष पूरा गरी चौथो वर्ष पूरा गरेको मदिरा व्यवसायी संघ भैरहवाले उदाहरणीय कार्य र समाजमा क्रियाशिल संस्थाको रुपमा स्थापित भएको बताउनु भएको छ । उहाले भविष्यमा पनि यो संस्थाले यस्तै काम गर्दै जाने बताउनु भएको छ । मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार समेत रहेका श्रेष्ठले सिद्धार्थ बाल गृहको भवन निर्माणका लागि आफ्नोतर्फबाट पहल थाल्ने बताउनु भएको छ ।

विशिष्ट अतिथि नेपाल मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शम्भु भट्टराईले संस्थाले आगामी दिनमा पनि यस्तै राम्रा कामलाई निरन्तरता दिदै जाने विश्वास व्यक्त गर्नु भएको छ । मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार खिम बहादुर खत्रीले संघले विभिन्न सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नु भएको छ । सिद्धार्थ बाल गृहकी सञ्चालक कृष्णमाया गुरुङले बाल गृह सञ्चालनका लागि आफ्नै भवन आवश्यक रहेको बताउनु भएको छ । उहाले समयसमयमा यहाँका संघ–संस्थाले बाल गृहलाई सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गर्नु भएको छ ।

मदिरा व्यवसायी संघ भैरहवाका वरिष्ठ उपाध्यक्ष बाबुराम पाण्डेले संघले आगामी दिनमा पनि बालगृहलाई सहयोग गर्ने बताउनु भएको छ । मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीको अध्यक्षता तथा कार्यक्रम संयोजक एवं महासचिव केशव कुँवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । वि.सं. २०७७ सालमा स्थापना भएको यो संस्था विभिन्न आरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको मदिरा व्यवसायी संघ भैरहवाका उपाध्यक्ष भागिरथ पाण्डेले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२३-११-०३ , समय : १८:५५:२० , ११ महिना अगाडि