शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

रुपन्देही खबर , ४७०  पटक हेरिएको

भैरहवा,कार्तिक १७

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको बताउनु भएको छ ।

‘जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको। छ’, उहाले भन्नु भयो । भूकम्पको धक्का काठमाडौँका साथै देशैभर महसुश भएको छ ।

भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको छ । भैरहवा तथा यस आसपासमा पनि यसको धक्का महसूस गरिएको छ । स्थानियहरु अहिले घर बाहिर निस्केका छन ।

प्रकाशित मिति: २०२३-११-०४ , समय : ०१:०४:०९ , ११ महिना अगाडि