भूकम्पमा परी जाजरकोट नलगाडकी उपमेयर सरिता सिंहको मृत्यु

रुपन्देही खबर , २९०  पटक हेरिएको

जाजरकोट, कार्तिक १८

भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ ।शुक्रबार रातिको भूकम्पमा परेको उहाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनु भएको छ ।

सदरमुकाम खलंगामा बसेको घर भत्किएपछि उहाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनु भयो ।

उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको हो । सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित हुनु भएको थियो ।

जिल्ला अस्पतालमा हालसम्म ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । थप शव आउने क्रम जारी रहेको सुनारले बताउनु भएको छ ।भुकम्पको केन्द्र बिन्दु भनिएको जाजरकोटकाे रामीडाँडा क्षेत्रमा भने टेलिफोन सम्पर्क नहुँदा क्षतिको विवरण आउन सकेको छैन ।

प्रकाशित मिति: २०२३-११-०४ , समय : ०६:५६:०८ , ७ महिना अगाडि