जाजरकोटमा फेरि भूकम्प गयो

रुपन्देही खबर , २४६  पटक हेरिएको

जाजरकोट,कार्तिक २०

जाजरकोटमा फेरि भूकम्प गएको छ। सोमबार अपराह्न ४ बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। जाजरकोटको रामीडाँडा केन्द्र भएर भूकम्प गएको हो।

यसअघि कात्तिक १९ गते जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडा नै केन्द्र भएर भूकम्प गएको थियो। त्यस दिन बिहान १:२२ बजे ४ म्याग्नेच्युड र बिहान ४:५३ बजे ३.८ म्याग्नेच्युडको भूकम्प गएको थियो। साथै कात्तिक १७ गते गत शुक्रबार बेलुकी ११:४७ बजे रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो।

प्रकाशित मिति: २०२३-११-०६ , समय : २२:२०:४३ , ५ महिना अगाडि