बन्द भएका उद्योग पुनः सञ्चालनमा ल्याउनुपर्नेमा जोड

उद्योग–व्यवसायमैत्री नीति नभएको गुनासो

रुपन्देही खबर , ३०७  पटक हेरिएको

भैरहवा, मंसिर ९

बन्द भएका उद्योगहरु पुनः सञ्चालनमा ल्याउनुपर्नेमा उद्योगी–व्यवसायीहरुले जोड दिएका छन् । उनीहरुले उद्योगहरु बन्द हुँदा मुलुकको अर्थतन्त्रमा असर पुगेकाले उद्योग सञ्चालनतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन ।उद्योग दिवसको अवसरमा चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)ले शनिबार सिद्धार्थनगर–८ अञ्चलपुरस्थित छैठौं लुम्बिनी प्रादेशिक महोत्सवस्थलमा आयोजना गरेको उद्योग सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उद्योगी–व्यवसायीहरुले यस्तो बताएका हुन् ।कार्यक्रममा बोल्दै उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक दर्पण श्रेष्ठले स्वदेशमै उत्पादन भएका वस्तु आयात गर्न नहुने बताउनु भएको छ । उहाले बन्द भएका उद्योग सञ्चालनमा ल्याउन नीति बनाउनुपर्नेमा जोड दिनु भएको छ । उहाले भन्नु भयो , ‘उद्योग स्थापना गर्न पनि झण्झटिलो प्रक्रिया छ । सरकारले उद्योग सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ । ’ स्वदेशी तथा विदेशी वस्तु पहिचान गर्न साक्षरता अभियान सञ्चालन गर्नुपर्ने उहाको भनाइ छ ।

श्रेष्ठले चर्को बैंक ब्याजदर, दक्ष कामदार विदेश पलायन हुनु, उत्पादित वस्तुहरुको बजारीकरणमा समस्या, करको दर र भाडा वृद्धि, सडकको अवस्था लगायतका कारणले उद्योगहरु धरासायी भएको गुनासो गरेका छन ।त्यस्तै संगठनका उद्योग उपाध्यक्ष तथा अन्तरक्रिया कार्यक्रमका संयोजक मधुसुदन अर्यालले उद्योगहरुको बन्द हुने संख्या बढ्दै गए विदेश पलायन हुन युवाहरुको संख्या समेत बढ्दै जाने बताउनु भएको छ । उहाले उद्योग फस्टाए मात्र देशको अर्थतन्त्र बलियो हुने जिकिर गर्नु भयो । उहाले भन्नु भयो , ‘कच्चा पदार्थमा पनि भन्सार दर धेरै छ । जसका कारण स्वदेशी उत्पादनले विदेशी उत्पादनसँग प्रतिष्पर्धा गर्न सकिरहेको छैन । यसतर्फ सरकारको ध्यान जानुपर्छ । ’

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका सल्लाहकार राजेश महोत्राले पर्यटन क्षेत्रको विकासका लागि ध्यान दिन आग्रह गर्नु भएको छ । उहाले स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिनु भएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनका वरिष्ठ उपाध्यक्ष लिलाधर भट्टराईले उद्योगी–व्यवसायी विदेश पलायन भइरहेको बताउनु भएको छ । उहाले उद्योगी–व्यवसायी पलायन हुनबाट रोक्न सरकारले ठोस कदम चाल्न आवश्यक रहेकोमा जोड दिनु भएको छ । संगठनका अध्यक्ष राम प्रसाद पोख्रेलले उद्योग व्यवसाय क्षेत्रलाई अगाडि बढाउन राज्यलाई घचघचाउनुपर्ने बताउनु भएको छ । उहाले उद्योगी व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिनु भएको छ ।

उद्योग व्यापार संगठन, ?पन्देहीका कार्यसमिति सदस्य रामप्रसाद भण्डारीले जहाँ जे उत्पादन हुन्छ त्यहीअनुसारको उद्योग स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । संघका कार्यसमिति सदस्य कृष्ण प्रसाद मरासिनीले स्थानीय सरकारले उद्योग व्यवसाय प्रवद्र्धनमा ईट्टा थप्ने काम गर्ने विश्वास व्यक्त गर्नु भएको छ । उद्योगी श्यामसुन्दर अग्रवालले एउटा उद्योग बन्द हुँदा ३ सय देखि ५ सय जना मजदूरको रोजगारी गुम्ने ‘भएकाले बन्द भएका उद्योग पुनः सञ्चालनमा ल्याउन ध्यान दिनुपर्ने बताउनु भएको छ । उहाले उद्योग बन्द हुँदा मुलुकको अर्थतन्त्रमा पनि असर पुग्ने बताउनु भएको छ ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका कार्यसमिति सदस्य रोमकान्त भट्टराईले सिद्धार्थनगरलाई व्यवस्थित बनाउन सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनु भएको छ । लुम्बिनी प्रेस क्लब रुपन्देहीका संस्थापक अध्यक्ष माधव ढुंगानाले बजार विश्लेषण गरेर उद्योगमा लगानी गर्नुपर्ने बताउनु भएको छ । उहाले भन्नु भयो , ‘उद्योगको नाममा ऋण लिने अनि घरजग्गामा लगाउने प्रवृत्ति राम्रो होइन ।’ उद्योग व्यापार संगठन, रुपन्देहीकी सल्लाहकार ज्ञानु पौड्यालले योजना बनाउँदा तथ्यांक आवश्यक रहेकोमा जोड दिनु भएको छ । उहाले उद्योग–व्यवसायमैत्री नीति बन्न नसकेको गुनासो गर्नु भएको छ । युवालाई विदेश पलायन हुनबाट रोक्न स्वदेशमा स्वरोजगार सिर्जना गर्नुपर्ने उहाको भनाइ छ ।

मदिरा व्यवसायी संघ, भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले उद्योगमा धेरै लगानी भएका र उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाले आर्थिक मन्दीको बेला व्यवसाय कर बढेको बताउनु भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, ?पन्देहीका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले मुलुकका अधिकांश उद्योग बन्द भएको बताउनु भएको छ । उहाले सरकारले उद्योगमैत्री नीति बनाउन नसकेको बताउनु भएको छ ।
उद्योग व्यापार संगठन, ?पन्देहीका पूर्वअध्यक्ष तथा सल्लाहकार खिमबहादुर खत्रीले नयाँ उद्योग सञ्चालनमा आउन नसकेको बताउनु भएको छ । उहाले राज्यले पहल नगरेकाले युवा विदेश पलायन हुनेको संख्यामा वृद्धि भइरहेको बताउनु भएको छ ।

संगठनका निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवालीले घरेलु तथा साना उद्योग सञ्चालनमा ध्यान दिन आग्रह गर्नु भएको छ । उहाले बैंकको आतंकले धेरै उद्योग विस्थापित भएको बताउनु भएको छ । उहाले मेला महोत्सव सञ्चालन गर्न अस्थायी संरचनामै करोडौं खर्च हुने गरेकाले स्थायी मण्डप बनाउनुपर्नेमा जोड दिनु भएको छ ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले छिमेकी मुलुकलाई मात्र गाली गरेर देशभक्त बन्न नसकिने बताउनु भएको छ । उहाले आफ्नो विकासका लागि आफैले सोच्ने बेला आएको बताउनु भयो । उहाले भन्नु भयो । ‘पहिला आफूबाट सुधार गरौं । ’भारतीय पर्यटकलाई नेपालमा भारु २५ हजार मात्र ल्याउन पाउने नियम व्यवहारिक नभएको उहाको भनाइ छ ।

उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यता, संगठनका उद्योग उपाध्यक्ष मधुसुदन अर्यालको स्वागत, वरिष्ठ उपाध्यक्ष सचिन रोक्काको धन्यवाद ज्ञापन तथा महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । मंसिर ६ गतेदेखि सु? भएको छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० मंसिर १८ गतेसम्म सञ्चालन हुने संगठनका वाणिज्य उपाध्यक्ष राममिलन यादवले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२३-११-२५ , समय : १८:३८:१० , ११ महिना अगाडि