उर्मिला यादव यात्री , २९९ पटक हेरिएको
भैरहवा, मंसिर २३
सामाजिक बिकास डिभिजन कार्यालय रुपन्देहीले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयले शुक्रबार भैरहवामा सरकारी निकाय, स्थानिय तह, संघसंस्था, शिक्षण संस्था, नागरीक समाज र अधिकारकर्मी बिच अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रिया कार्यक्रमको उदघाटन गर्दै लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री चन्द्रकेश गुप्ताले शिक्षाको कमी भएको ठाउमा लैंगिक हिंसाका घटनाहरु बढी हुने गरेको बताउनु भएको छ । लंैगिक हिंसा बिरुद्धको अभियानलाई सफल बनाउनका लागी हामीले आफनो घरपरिवार र समाजबाट सुरुवात गर्नुपर्ने मन्त्री गुप्ताको भनाइ छ । उहाले समाजबाट दाइजो प्रथा नहटाए सम्म लंैगिंक हिंसाको अन्त्य नहुने जोड दिनु भएको छ । उहाले छोराछोरी बिचको बिभेद अन्त्य गर्नुपर्ने बताउनु भएको छ ।
मन्त्री गुप्ताले संघिय सरकारले काठमांडौलाई मात्र नेपाल मान्दा अहिले लुम्बिनीमा बिकास हुन नसकेको गुनासो गर्नु भएको छ । लुम्बिनी बिकास कोष भन्दा बाहिर लुम्बिनीको अवस्था एकदमै दयनिय र पिछडिएको मन्त्री गुप्ताको भनाइ छ । बिकास र अन्य क्षेत्रको बिकासमा लुम्बिनी क्षेत्रलाई पछि पारिएको गुप्ताले गुनासो गर्नु भएको छ । लुम्बिनीको नामले बिश्वमा चिनिएको नेपाल तर बिडम्बना आज त्यो ठाउको अवस्था दयनिय छ भन्दै दुख ब्यक्त गर्नु भयो । उहाले लुम्बिनीमा शिक्षा क्षेत्रमा पहुच भएका बिद्यालय र नेताहरुले मात्र बजेट ल्याउदा शिक्षा क्षेत्रमा समानुपातिक रुपमा बिकास नभएको बताउनु भएको छ । उहाले घर घरमा स्थानिय सरकार आए पनि बिपन्न समुदायलाई निशुल्क शिक्षा प्रदान गर्न सकिने खालका कामहरु कुनै सरकारको तर्फ बाट नभएको गुनासो गर्नु भएको छ । जुन समाजमा शिक्षाको कमी हुन्छ त्यो समाजमा नै पक्षपातको बढी सम्भावना हुन्छ गुप्ताले भन्नु भयो । कुनै पनि कार्य गर्न निस्वार्थ र निष्पक्ष भावले गर्नुपर्ने गुप्ताको जोड छ । निर्वाचनको समयमा मात्र राजनितिक दलका नेताहरु देश बिकासका नाममा घोषणा पत्रका साथ समाजमा आए पनि निर्वाचित भैसकेपछि त्यो सबै हराउने हुदा देशको समस्या समाधान हुन नसकेको मन्त्री गुप्ताले बताउनु भयो ।
देशको अवस्था दिनप्रतिदिन नाजुक हुदै गैरहेकोले भ्रष्टचारीहरुको सम्पत्ति जबसम्म छानबिन हुदैन र जबसम्म भ्रष्टचारको बिरुद्धमा हामी आवाज उठाउदैनौ तब हाम्रो देशलाई जोगाउन सक्दैनौ मन्त्री गुप्ताले भन्नु भयो । उहाले भ्रष्टचार बिरुद्ध आवाज उठाए पनि सुनुवाई नहुने भएकोले धेरै समस्या सिर्जना भएको उल्लेख गर्नु भयो । उहाले सरकार जोगाउने र कुर्ची बचाउने काम मात्र भैरहेको बताउनु भएको छ । उहाले सरकार देश र जनतालाई सहजतरिकाले सेवासुबिधा दिनका लागी काम गर्ने भए पनि त्यो पनि गर्न नसकेको बताउनु भयो । उहाले पिडित ब्यक्तिले न्याय माग्दा यदि राजनितिक दलसंग पहुच छैन भने उनीहरु न्याय समेत नपाएको गुनासो अवस्था रहेको गुनासो गर्नु भएको छ । उहाले आफनो चाहना नै जनताले समानुपातिक रुपमा न्याय पाउनुपर्ने भएको बताउनु भएको छ । उहाले भारतसंग सिमा जोडिएका ठाउमा लागुऔषध लगायत र्दुब्यसनीमा युवाहरु फसेकोले यो समस्याबाट युवाहरुलाई बचाउन सकिए ५० प्रतिशत देशको समस्या समाधान हुने जोड दिनु भयो । उहाले युवाहरु नै देश बिकासको भबिष्य भएकोले युवा राम्रो भए देश पनि राम्रो हुने बिश्वास ब्यक्त गर्नु भएको छ ।
हरि प्रसाद काफलेको स्वागत मन्तब्य रहेको कार्यक्रममा सामाजिक बिकास डिभिजन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख हरिबहादुर बिष्टले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नु भएको थियो भने निजी क्षेत्रबाट संचारिका समुह नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोल र जिल्ला न्यायधिवक्ता मुक्तिराम सुबेदीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बि.क., बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधी, बिभिन्न बिद्यालयका शिक्षक, बिद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२३-१२-०९ , समय : ११:३६:१२ , १ वर्ष अगाडि