पाेखरीमा डुबेर कपिलवस्तुमा एक जनाकाे मृत्यु

धनी राम काेरी , ३८७  पटक हेरिएको

कपिलवस्तु , जेठ २३

कपिलवस्तु नगरपालिका वडा नम्बर ३ जमाेहरा गाउकाे नजिकैकाे पाेखरीमा डुबेर एक पुरुष मृत अवस्थामा फेला परेका छ्न । कपिलवस्तुको जमाेहरा बस्ने ४५ वर्षीय सत्य नारायण पासी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

 

कपिलवस्तुका प्रहरी नायव उपरीक्षक जेशी शाहका अनुसार पासी रातिको समयमा आफ्नो घरबाट बाहिर निस्केको र छारे राेगबाट ग्रसित रहेकोले पोखरीमा खस्न गएको हुनसक्ने बताउनु भएको छ

 

विहान स्थानीयले पाेखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पाेस्टमर्टमकाे लागि कपिलवस्तु अस्पताल पठाइएको प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२२-०६-०६ , समय : १२:२९:५९ , २ वर्ष अगाडि