बुटवल फुलबारीमा बैङ्कका कर्मचारी झुण्डीएको अवस्थामा फेला

रुपन्देही खबर , ६८९  पटक हेरिएको

भैरहवा,पुस २

रुपन्देहीको बुटवल फुलबारीमा झुण्डीएको अवस्थामा बुटवलको एक बैङ्कका कर्मचारी फेला परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाका बुटवलको फुलवारी स्थित मणिमुकुन्द सेन उद्यानको रुखमा झुण्डीएको शाइन रेसुङ्गा बैंकमा कार्यरत प्रकाश शर्मा झण्डिएको अवस्थामा फेला परेको बताउनु भएको छ ।

आज बिहान फुलवारीको एक रेष्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा केहीबेर पछि पार्कको एकान्त स्थानमा रहेको रुखमा पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-१२-१८ , समय : १७:१९:१८ , २ महिना अगाडि