मदिरा व्यवसायी संघ भैरहवाको अध्यक्षमा बाबुराम पाण्डे

रुपन्देही खबर , २४१  पटक हेरिएको

भैरहवा,पुस ७

मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भैरहवामा भएको अधिवेशनले बाबुराम पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

संघको वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डे, उपाध्यक्षमा केशव कुँवर, महासचिवमा यादव पोखरेल, सचिवमा तेज बहादुर खत्री, कोषाध्यक्षमा सुन्दर भण्डारी र सह–कोषाध्यक्षमा विनोद आचार्य निर्वाचित हुनु भएको छ ।

निर्वाचन समिति सदस्य लक्ष्मण ज्ञवालीका अनुुसार संघको कार्यसमिति सदस्यहरुमा बसन्त पाण्डे, सन्तोष शर्मा, प्रकाश पाण्डे, रमेश धवल, विष्णु गौतम, गंगाराम पराजुली, पिताम्बर खनाल, सुनिल यादव र हेमराज पौड्याल निर्वाचित हुनु भएको छ ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समिति संयोजक तथा मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार खिमबहादुर खत्रीले सपथग्रहण गराउनु भएको थियो ।

नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै मदिरा व्यवसायी संघ, भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उनले नयाँ कार्यसमितिलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भएको छ ।

नवनिर्वाचित अध्यक्ष बाबुराम पाण्डेले व्यवसायीका गुनासो सुन्दै सल्लाह–सुझाव लिएर अघि बढ्ने बताउनु भएको छ । उहाले संस्थालाई अझ अगाडि बढाउन सबैको साथ र सहयोगको अपेक्षा गरेको बताउनु भयो ।

मदिरा व्यवसायी संघ भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीका अनुसार २०७७ सालमा स्थापना भएको संस्थामा हाल १५२ जना सदस्यहरु आबद्ध छन

प्रकाशित मिति: २०२३-१२-२३ , समय : १९:४८:३७ , ६ महिना अगाडि