जग्गा विवादका कारण परासीमा गाेलि चलाउने यादव पक्राउ

महेश यादव , ७१७  पटक हेरिएको

नवलपरासी , जेठ २४

पश्चिम् नवलपरासीमा जग्गा सम्बन्धित विवादमा आफ्नै काकी माथि गाेलि प्रहार गर्ने सरावल गाउँपालिका वडा नम्बर -४ का हंसराज यादव पक्राउ परेका छन । पश्चिम नवलपरासी जिल्लाकाे सदरमुकाम परासी जिल्ला अदालत अगाडि जग्गा विवादका कारण आफ्नै काकीमाथि गाेलि प्रहार गर्ने हंसराज यादव २४ घण्टा नबित्दै सुनवल -५ बनकट्टिबाट पक्राउ परेका हुन ।

दिनदहाडै गाेलि प्रहार गर्ने यादव लाई बनकट्टिमा आफन्तकाे घरमा लुकेर बसेको अवस्थामा ७.६५ एम एमको अमेरिकन पेस्तोल, ७ राउण्ड लाग्ने गोली एक थान म्यागजिन र एउटा गोली सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपि ऋषिराम कडेंलले जानकारी दिनुभयो ।

सरावल गाउँपालिका वडा नम्बर -४ का हंसराज यादवले साेमवार दिउसो साढे तिन बजे परासी अदालत नजिकै आफ्नै काकि रोसनी यादव माथि गोली प्रहार गरेका थिए । तर गोली भने कसैलाई लागेको थिएन् । गोली प्रहार गर्ने यादवलाई प्रहरी कार्यालय ल्याई थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ

 

प्रकाशित मिति: २०२२-०६-०७ , समय : २१:००:२० , २ वर्ष अगाडि