रुपन्देही खबर , ४५२ पटक हेरिएको
मर्चवार,माघ १५
श्री मर्यादपुर माध्यमिक विद्यालयमा निर्माण भइरहेको भवनमा कमशल सामाग्री प्रयोग गरिएको भन्दै स्थानीयहरुले बिरोध गर्दै निर्माण कार्य ठप्प गराएका छन् । कोटहीमाई गाउपालिका वडा नम्बर ३ मा अवस्थित उक्त विद्यालयमा लुम्बिनी प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको ४ कोठे विज्ञान भवन स्थानीयहरुले बिरोध गरी कार्य बन्द गराएका हुन् ।
स्थानीय समाजसेवी गुरुवचन यादवले निर्माणमा प्रयोग गरिएको बालुवा र इट्टा कमशल हुनुको साथै सिमेन्टको मात्रा समेत कम रहेको बताउनु भएको छ । उहाले सरोकारवालाको अनुगमन नहुँदा निर्माण कम्पनीले कमशल सामाग्री प्रयोग गरेको छ बताउनु भयो । स्थानीय,अभिभावक सहित हाम्रो नजरमा परेपछि निर्माण स्थलमा जादा कमशल सामाग्री प्रयोग गरेको पाइयो उहाले भन्नु भयो । कमशल सामाग्री प्रयोग गरि निर्माण गरिएको दिवाल समेत भत्काएका छौँ ।’’ ‘उक्त भवनमा विद्यार्थीहरु अध्ययन गर्ने हो कमशल सामाग्रीप्रयोग गरि बनाएको संरचनामा अध्ययन गर्दा विद्यार्थी तथा शिक्षकहरु जोखिममा हुन्छन । जब सम्म गुणस्तरीय सामाग्रीको प्रयोग हुदैन तब सम्म निर्माण कार्य हुन दिदैनौँ ।’’ समाजसेवी यादवले भन्नु भयो ।
निर्माण स्थलमा आयोजनाबारे कुनै सुचना पाटी समेत राखिएको छैन । निर्माण कम्पनीले गरेको गल्तीलाई सच्याएर निर्माण कार्य, निर्माण कम्पनी, निर्माण लागत र लागनी निकाय सहितको जानकारी बोर्ड राख्न समाजसेवी यादवले अनुरोध गर्नु भएको छ ।
सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका ईन्जिनियर हरि बिष्टले कमसल सामाग्रीप्रयोग भएको जानकारी पछि कार्य बन्द गरी अनुसन्धनको प्रकृया आगाडी बढाइएको बताउनु भयो । उहा ‘कमसल सामाग्रीबारे प्राविधिक टोली संग ल्याबजाँचको लागि काम सुरु भएको समेत जानकारी दिनु भएको छ । ल्याब र नाँपजाँचको रिपोर्ट नआउन्जेल कामबन्द राख्ने निर्देशन दिएका छौँ ।’ उहाले भन्नु भयो ।
भवननिर्माणको लागि ठेक्का लिएको रोयल एसके निर्माण सेवा गैडहवा ७ का संचालक फागू कुर्मीले स्टीमेट अनुसारकै सामाग्री प्रयोग गरेको दाबी गर्नु भएको छ । उहाले भन्नु भयो ‘६÷१ को मसाला बनाउने स्टीमेट भएको छ सोहीअनुसार काम गरेका छौँ । अधिक शीतलहरले गर्दा १ दिन अगाडी जडान भएको दिवाल नसुकेर मात्रै ढलेको हो । बालुवा अलिकति कम हुन गएको छ त्यो म सुधार्नेछु बाकी कुनै कार्यमा कमशल छैन । ’भवन निर्माण स्थलमा सुचनाबोर्ड तत्काल राख्ने निर्माण कम्पनीका संचालक कुर्मीले बताउनु भयो ।
प्रकाशित मिति: २०२५-०१-२८ , समय : ०७:००:३७ , १ वर्ष अगाडि