रोहिणीमा बाख्राको नश्ल सुधारका लागि बोयर बोका वितरण

रुपन्देही खबर , २४६  पटक हेरिएको

धकधई, जेठ २६

रुपन्देहीको रोहिणी गाउँपालिका पशु सेवा शाखाले बोयर बोका वितरण गरेको छ । बोका वितरण गरिएको गाउँपालिकाको पशु सेवा शाखा प्रमुख विनोद कुमार ठाकुरले बताउनुभएको छ । ६ वटा बाख्रापालन समूहलाई प्रति २ वटा गरी १२ वटा बोयर बोका वितरण गरिएको ठाकुरले जानकारी दिनुभयो ।

प्रतिबोका ५० हजार परेको शाखाले जनाएको छ । शाखाका अनुसार ६ लाखमा १२ वटा बोका खरिद गरिएको हो । कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले आगामी दिनमा पनि कृषकको माग अनुसार बोयर बोका वितरण गरिने बताउनुभएको छ ।

यस्तै गरी गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले आफू पनि किसानै परिवारको भएको बताउदै कृषकको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरी योजना बनाएको उल्लेख गर्नु भयो । यस्तै गरी मत्स्य अधिकृत बृहस्पति भट्टराईले किसानलाई पशुपालनतर्फ आर्कषित गर्ने उद्देश्यले बोयर बोका वितरण गरिएको बताउनुभएको छ ।

प्रकाशित मिति: २०२५-०६-०९ , समय : २२:११:३५ , ३ हप्ता अगाडि