रुपन्देही खबर , ५८२ पटक हेरिएको

भैरहवा,असार ७
लुम्बिनी शिक्षा निकेतन मायादेवी ४ रूपन्देहीले “विद्यार्थी प्रशिक्षण तथा अभिभावकीय भूमिका” विषयक अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयका प्राचार्य नामदेव अर्यालको अध्यक्षता तथा बिद्यालयका प्रबन्ध निर्देशक पिताम्बर न्यौपानेको प्रमुख आतिथ्यतामा शुक्रवार एक कार्यक्रमका बिच कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको पहिलो चरणमा कक्षा ८ ,९ र १० का विद्यार्थीहरुलाइ सहभागी गराइ विद्यार्थी प्रशिक्षण कार्यक्रम गरिएको थियो
भने दोस्रो चरणमा सोहि कक्षामा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरूलाई सहभागी गराइ अभिभावकीय भूमिका विषयक अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य नामदेव अर्याल , प्रबन्ध निर्देशक पिताम्बर न्यौपाने, विद्यालयका शैक्षिक सल्लाहकार शक्तिधर यादव, सञ्चालक समिति सदस्य राजेश ढकाल, विद्यालय तहगत संयोजक सुनिल यादव , कक्षा १० का कक्षा शिक्षक दिलिप कोहाँर,कक्षा १० का विद्यार्थी श्रीयांश बानियाँ , मुबसरा खातुन लगायतले बोल्नुभएको थियो भने । कार्यक्रम सन्चालन पुस्तकालय प्रमुख लेलिन भुर्तेलले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२५-०६-२१ , समय : ०७:२०:५८ , ७ दिन अगाडि