रुपन्देही खबर , १११ पटक हेरिएको

मणिग्राम ,असार २९
शिक्षा क्षेत्रको समेत सबलीकरण गर्दै शिक्षित जनशक्ति राष्ट्रसेवामा अघि बढ्नुपर्ने नेपाल सरकार लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले बताउनु भएको छ । रूपन्देहीको मणिग्रामस्थित राममणी बहुमुखी क्याम्पसका विद्यार्थीका लागि आयोजित “लोकसेवा आयोग अभिमुखीकरण” कार्यक्रम उद्घाटन गर्दै उहाँले त्यस्तो बताउनु भएको हो । साथै, क्याम्पस भवनको भौतिक निर्माण सम्पन्न गर्न प्रदेश सरकारको थप सहयोग आवश्यक देखिएको बताउनु भयो ।
कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले आजका विद्यार्थी उच्च क्षमतायुक्त बन्दै भोलिको राष्ट्रसेवामा जानका लागि क्याम्पसले वर्षौैँदेखि यस्ता कार्यक्रम गर्दै आएको बताउनुभयो । क्याम्पसको विद्यार्थी परामर्श तथा रोजगार एकाईको आयोजनामा भएको कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले विद्यार्थीको उच्चतम विकाश हुँदा नै समाजले कर्मठ जनशक्ति प्राप्त गर्ने बताउनुभएको थियो । कार्यक्रममा स्नातक तहका एकसय भन्दा बढी विद्यार्थीको सहभागिता अभिमुखीकरण रहेको थियो ।
प्रकाशित मिति: २०२५-०७-१३ , समय : २०:१०:१६ , २ दिन अगाडि