सुनको भाउ आज ३ सय रुपैयाँले घट्यो

रुपन्देही खबर , ८९  पटक हेरिएको

काठमाण्डौ,भदौ ९

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । आज तीन सय रुपैयाँले घटेर तोलाको एक लाख ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एक लाख ९७ हजार पाँच सय रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ भने बढेको छ । चाँदी आज पाँच रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्ले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय ५० रुपैयाँ थियो ।

प्रकाशित मिति: २०२५-०८-२५ , समय : १४:४४:४६ , १० घन्टा अगाडि