भगवानपुर आधारभूत विद्यालयमा वि.व्य.स. चुनाव सम्पन्न

सम्पूर्ण प्यानल विजयी—अध्यक्ष चयन प्रक्रिया अझै बाँकी

रुपन्देही खबर , ११४  पटक हेरिएको

भैरहवा,मंसिर १

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१ स्थित भगवानपुर आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति (वि.व्य.स) को चुनाव आइतबार सम्पन्न भएको छ। विद्यालयका अभिभावकहरूको व्यापक सहभागितामध्ये सम्पन्न भएको चुनावमा एउटा पूर्ण प्यानल विजयी बनेको विद्यालयले जनाएको छ।

आइतबार सम्पन्न चुनावमा अलक निरञ्जन कुर्मी,राकेश कलवार, अनिता पटवा,राजमती लोध चारै जना उम्मेदवारले विजय हासिल गर्दै सम्पूर्ण प्यानलले विजयी भएको घोषणा गरिएकाे छ।

यद्यपि विजयी प्यानल चयन भएपछि पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन प्रक्रिया भने अझै बाँकी रहेको विद्यालय स्रोतले जनाएको छ। नयाँ अध्यक्ष चयन गर्ने कार्य समितिको पहिलो बैठकमार्फत तय हुने बताइएको छ।

अभिभावक तथा सरोकारवालाहरूले नयाँ प्यानलबाट विद्यालयको शैक्षिक गुणस्तर, पारदर्शीतामूलक व्यवस्थापन तथा भौतिक पूर्वाधार विकासमा योगदान पुग्ने अपेक्षा व्यक्त गरेका छन्। नवनिर्वाचित प्यानलले विद्यालयको समग्र उन्नतिका लागि सहकार्य, पारदर्शिता र जिम्मेवारीसहित काम गर्ने प्रतिबद्धता जनाएकाे छ।

प्रकाशित मिति: २०२५-११-१७ , समय : १३:३०:०१ , ५ घन्टा अगाडि