राममणि बहुमुखी क्याम्पसमा सम्मान कार्यक्रम सम्पन्न

रुपन्देही खबर , ९४  पटक हेरिएको

मणिग्राम,मंसीर १२

रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा दुई छुट्टाछुट्टै कार्यक्रम सम्पन्न भएका छन् । क्याम्पसको स्नातक तह अन्तर्गत बी.ए. र बी.एड. चौथो वर्षमा उत्तीर्ण हुने विद्यार्थीको सम्मान कार्यक्रम र क्याम्पसको बारेमा उत्कृष्ट भिडियो सामग्री प्रतियोगिताका विद्यार्थीलाई पुरस्कृत गर्ने कार्यक्रम सम्पन्न भएका छ्न ।

सम्मान कार्यक्रममा क्यामपस प्रमुख ताराप्रसाद पराजुली र पूर्व क्याम्पस प्रमुख मोहनराज शर्माले स्तरीय क्याम्पसको पहिचान बनाएको राममणिका कैयौं विद्यार्थीहरू विशिष्ट श्रेणी र प्रथम श्रेणीमा उत्तीर्ण भएकोमा बधाई दिनुभयो ।

क्याम्पसको शिक्षा तथा मानविकी संकायका प्रमुख लक्ष्मण खरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा सम्मानित विद्यार्थीहरू सम्झना ढकाल र विशाल बमरेलले आफूहरूको अपेक्षाभन्दा अझ माथि उठेर क्याम्पसले विद्यार्थीलाई प्रेरित गरेको भन्दै आभार व्यक्त गर्नुभयो ।

क्याम्पसको शिक्षा तथा मानविकी संकायका प्रमुख लक्ष्मण खरेलको अध्यक्षता र उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेले २० वर्षको इतिहास सहित सञ्चालित एम. ए. समाजशास्त्र र १४ वर्षको अनुभव सहित सञ्चालित एम.बी.एस.मा समेत उत्तिकै राम्रो नतीजा आएको जानकारी दिनुभयो ।

यसैगरी, क्याम्पसको बारेमा उत्कृष्ट भिडियो सामग्री प्रतियोगिताका विद्यार्थीलाई क्याम्पसले पुरस्कृत गरेको छ । क्याम्पस सञ्चालक समितिका सदस्य तारानाथ कंडेल र क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले उत्कृष्ट ९ जना विद्यार्थीलाई नगद रकम सहित पुरस्कृत गर्नुभएको थियो । क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिका संयोजक जीवनकुमार पौडेलको अध्यक्षतामा पुरस्कार वितरण कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: २०२५-११-२८ , समय : १०:२६:१२ , १० घन्टा अगाडि