राममणि बहुमुखी क्याम्पस मणिग्रामको पाँचौं क्याम्पस सभा तथा तेस्रो अधिवेशन नयाँ नेतृत्व चयनसहित सम्पन्न

रुपन्देही खबर , ८७  पटक हेरिएको

मणिग्राम,मंसिर २१

राममणि बहुमुखी क्याम्पस मणिग्रामको पाँचौं क्याम्पस सभा तथा तेस्रो अधिवेशन निर्विरोध नयाँ नेतृत्व चयनसहित सम्पन्न भएको छ । क्याम्पस सभाले दोस्रो कार्यकालका लागि ध्रुवकुमार धितालालाई निर्विरोध अध्यक्ष चयन गरेको निर्वाचन समिति संयोजक प्रा.डा. गणेशप्रसाद पाठकले बताउनुभयो । त्यस्तै सञ्चालक सदस्यहरूमा कृष्णप्रसाद पौडेल र नेत्रलाल वन निर्विरोध चुनिनुभएको निर्वाचन समितिका सदस्य प्रा. भार्गव धितालले जानकारी दिनुभयो ।

त्यसअघि, सञ्चालक समितिका अध्यक्ष धु्रुवकुमार धितालको अध्यक्षतामा क्याम्पस सभाका सदस्य एवम् नगरप्रमुख रामकृष्ण खाण, क्याम्पस सभा सदस्यहरूः गिरीशमणि आ.दी., प्रा.डा. सुदर्शन नेपाल र बुद्धिनाथ शर्माले कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।

सञ्चालक समितिका सदस्य सचिव एवम् क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीको सञ्चालन र उपाध्यक्ष कृष्णप्रसाद पौडेलको स्वागतमा भएका्े कार्यक्रममा बोल्दै क्याम्पस सभा सदस्य एवम् नगरप्रमुख खाणले आफ्नो तर्फबाट संस्थालाई सहयोग भैरहने उल्लेख गर्नुभयो ।

कार्यक्रममा क्याम्पस सभा सदस्यहरूको प्रतिनिधित्व गर्दै संस्थापक क्याम्पस प्रमुख प्रा. सुदर्शन नेपाल, पूर्व सञ्चालक सुरेन्द्रकुमा वर्मा, स्व.वि.यू. का निवर्तमान सभापति शिव मल्ल, तिलोत्तमा ६ का वडाध्यक्ष गणेश पाठक, निर्वाचन मण्डलका सदस्य कुलप्रसाद लामिछाने लगायतले बोल्दै क्याम्पसलाई अग्रणी बनाइरहन आफूहरूको सहयोग रहने बताउनुभयो ।

प्रकाशित मिति: २०२५-१२-०७ , समय : १२:२७:०९ , १५ घन्टा अगाडि