उर्मिला यादव , १२२ पटक हेरिएको
भैरहवा, मंसिर २६
निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन मायादेवी रुपन्देहीको ७ औं बार्षिक साधारण सभा भैरहवामा सम्पन्न भएको छ । प्याब्सन मायादेवीका अध्यक्ष प्रमोद यादवको अध्यक्षता तथा प्याब्सन रुपन्देहीका जिल्ला अध्यक्ष दिपक खनालको प्रमुख आतिथ्यतामा बिहीबार एक कार्यक्रमका बिच ७ औं बार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमको उदघाटन गर्नु हुदै प्रमुख अतिथि खनालले निजी शिक्षाको गुणस्तर र विश्वसनीयता बढाउन संगठनभित्र मजबूत एकता अपरिहार्य भएको बताउनु भएको छ ।

उहाले “प्याब्सन शिक्षा क्षेत्रको साझेदार भएको जोड दिदै यसलाई बलियो बनाउने जिम्मा सबै सदस्यको सामूहिक प्रतिबद्धतामा निर्भर रहेको बताउनु भयो ।
निजी तथा आवासीय विद्यालयले शिक्षाको गुणस्तर बढाउन खेलेको भूमिकाको प्रशंसा गर्दै नियमन, पारदर्शिता र अभिभावकसँग विश्वासका सम्बन्ध थप मजबुत बनाउनुपर्ने आवश्यकता भएको जोड दिदै “विद्यालय शिक्षाले बजार होइन, सेवा भावना बोकेको संस्थान बन्नुपर्छ,” उहाँले भन्नुभयो ।

उहाले रुपन्देही जिल्लामा मात्रै कुल २ सय ६१ वटा निजी बिद्यालय रहेका जानकारी दिदै यसमा एक लाख ६२ हजार तीन सय ११ जना बिद्यार्थीहरु अध्ययनरत रहेको बताउनु भएको छ । उहाका अनुसार निजी बिद्यालयमा सात सय ४९ वटा सवारी साधन र ११ हजार ४ सय १७ जना शिक्षक कर्मचारीहरु कार्यरत छन । उहाँले स्थानीय तह, विद्यालय र अभिभावकबीच तिनतर्फी सहकार्य बलियो भए मात्र रुपन्देहीको शिक्षा क्षेत्रमा अझै सकारात्मक परिवर्तन आउन सक्ने जोड दिनु भयो ।

यस्तै गरी प्याब्सन मायादेवीका अध्यक्ष प्रमोद यादवले प्याब्सन गतिविधि, चुनौती र उपलब्धिबारे जानकारी दिँदै प्याब्सन मायादेवीलाई सक्षम र उत्तरदायी बनाउन सबै सदस्य एकै दृष्टिकोणमा उभिनुपर्ने आवश्यकता भएको बताउनुभएको छ । उहाले “संगठनभित्र देखिने साना–ठूला मतभेद समाधान गर्दै एउटै लक्ष्य—गुणस्तरीय शिक्षा—तिर अघि बढ्नुपर्नेमा जोड दिनु भएको छ । यादवले आगामी वर्ष शिक्षाको गुणस्तर, शिक्षक क्षमता अभिवृद्धि र विद्यालयहरूको पारदर्शिता केन्द्रित कार्यक्रम अगाडि बढाइने प्रतिबद्धता गर्नु भएको छ ।

यस्तै गरी प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकले “शिक्षा क्षेत्रलाई गुणस्तरीय, परिमाणभन्दा गुणमा आधारित बनाउन अहिले संयुक्त प्रयास आवश्यक रहेको जोड दिनु भएको छ । उहाले भन्नु भयो निजी विद्यालयहरूबीच सहकार्य र स्वस्थ प्रतिस्पर्धा भयो भने मात्र हाम्रो क्षेत्रलाई अझ सुदृढ बनाउन सकिन्छ । प्याब्सन मायादेवीले देखाएको सक्रियता प्रशंसनीय छ ।”

यस्तै गरी प्याब्सन मायादेवीका संस्थापक अध्यक्ष एवं सल्लाहकार भरत गिरीले “स्थापनाकालदेखि नै प्याब्सन मायादेवीले शैक्षिक सुधारका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ । उहाले अब नयाँ नेतृत्वले डिजिटल शिक्षा, विद्यार्थीमैत्री वातावरण र अभिभावक विश्वास संरक्षण जस्ता क्षेत्रमा थप ध्यान दिनुपर्नेमा जोड दिदै संगठनलाई समयको मागअनुसार रूपान्तरण गर्दै अघि बढाउन सबैको योगदान अनिवार्य भएको उल्लेख गर्नु भयो ।

यस्तै गरी प्याब्सन मायादेवीका प्रमुख सल्लाहकार लक्ष्मी प्रसाद भुसालले “प्याब्सनले हरेक वर्ष गतिविधि विस्तार गर्दै आएको बताउदै यसलाई पारदर्शिता, सुशासन र संगठनभित्रको आन्तरिक एकता अझ मजबुत बनाउनु अहिलेको आवश्यकता भएको उल्लेख गर्नु भयो। उहाले विद्यालयहरूको गुणस्तर सुधार गर्न प्रशिक्षित जनशक्ति, व्यवस्थापन र अभिभावकसँगको सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनु भएको छ ।

प्याब्सन मायादेवीका कोषाध्यक्ष राजेश यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा प्याब्सन मायादेवीका सचिव बिरजु नाथ सिंहले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । भने प्याब्सन मायादेवीका कोषाध्यक्ष राजेश यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा प्याब्सन मायादेवीका कोषाध्यक्ष राजेश यादव,र सचिव बिरजु नाथ सिंहलाई कार्यसम्पादनमा सहजता ल्याउनका लागी झोला प्रदान गरी सम्मान गरिएको थियो भने प्याब्सन


प्रकाशित मिति: २०२५-१२-१२ , समय : १०:४३:५३ , ५ घन्टा अगाडि