समावेशी सहकारीको अध्यक्षमा पुन:धनमाया गाेैतम

सुरेश यादव , ६०  पटक हेरिएको

सुनवल,पुस ११

समावेशी कृषि सहकारी संस्था लिमिटेड सुनवल २ को पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन बिहिवार सम्पन्न भएको छ ।
सभालाई सम्बोधन गर्दै सुनवल नगरपालिका वडा नं.२ का वडा अध्यक्ष एवं संस्थाका पुर्व अध्यक्ष राजेन्द्र यादवले सहकारीले प्रदान गर्ने सेवामा समावेशी तरिकाले गर्नुपर्ने जोड दिँदै बिउविजन,मल मापदण्ड अनुसार वितरण गर्नुपर्ने बताउनु भएको छ ।

संस्थाका अध्यक्ष धनमाया गौतमको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक वर्ष ०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कृषि ज्ञान केन्द्र परासीबाट पाँच लाख बराबरको मकैको बिउ अनुदानमा ल्याई कृषकहरूलाई वितरण गरिएको र अढाई बिघा खेत २५ हजारमा भाडामा लि आलु खेती प्रवर्धनका लागि आलु खेतीलाई निरन्तरता दिदै आएकाे बताउनुभयाे ।

संस्थामा पुरुष ३०६ र महिला २३० गरी ५३६ जना शेयर सदस्य रहेको र यसलाई वृद्धि गर्दै १ हजार जना पुर्याउने लक्ष्य रहेको संस्थाका सचिव व्यासमुनि यादवले जानकारी दिनुभयो । आर्थिक वर्ष ०८२/०८३ का लागि निःशुल्क गहुँको बीउ वितरण गरिने र ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष महेन्द्र धरिकारले संस्थाको कुल पूँजी २३ लाख १५ हजार१ सय ३० रुपैयाँ रहेको र आर्थिक वर्ष ८१८२ मा २ लाख १० हजार १सत ७ रुपैयाँ शुद्धनाफा गरेको जानकारी दिनुभयाे । संस्थाको पुँजी आर्थिक वर्ष ८२/८३ मा १० लाखले वृद्धि गरी ३३ लाख १५ हजार १सय ३० पुर्याउने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा हरिओम बहुउद्देशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रणबहादुर थापा, धौलागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मण बनिया, पाली बहुमुखी क्याम्पसका प्रमुख एवं संस्थाका शेयर सदस्य दीपक अर्याल, संस्थाका उपाध्यक्ष प्रहलाद बासी लगायतले बोल्नुभएको सचिव यादवले जानकारी दिनुभयो ।


यस्तै अधिवेशनबाट पुन: धनमाया गौतम सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको छ भने उपाध्यक्ष प्रल्लाद पासी,सचिव व्यासमुनि यादव,कोषाध्यक्ष महेन्द्र धरीकार निर्वाचित हुनु भएकाे छ भने लेखा समिति संयोजकमा नन्दकिशोर यादव सदस्यहरूमा गीता कुम्हाल पावित्री कवर चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति: २०२५-१२-२६ , समय : ०९:२९:३५ , ४ घन्टा अगाडि